Posted by: symlyn April 5, 2006
More Killings
Login in to Rate this Post:     0       ?        
फेरी व्यक्तिहत्या तिव्र पार्ने माओवादी घोषणा - http://www.himalkhabar.com/content/view/496/42/ माओवादीले केही समय यता व्यक्तिहत्यालाइ कम गरे पनि पुनः व्यक्तिहत्यालाइ तिव्रता दिने संकेत दिएको छ। लोकतन्त्रविरोधी र प्रतिगमनका पक्षपातीहरुमाथि व्यक्तिहत्याकै कारवाही चलाउने संकेत माओवादीले दिएको हो। माओवादीनिकट अखिल नेपाल जनसांस्कृतिक संघले सांस्कृतिक क्रान्तिका “दुश्मन” र विरोधीहरुलाइ ज्यानै लिनेसम्मका कारवाही गर्ने चेतावनी दिएको हो। २२ चैतमा वर्दियाको एउटा गाउँमा आयोजित पत्रकार सम्मेलनमा संघका केन्द्रिय सदस्य एवम् भेरी कर्णाली क्षेत्रीय अध्यक्ष गणेश भण्डारीले धार्मिक र सांस्कृतिक रुपमा भ्रम फैलाउँने संस्था र तिनका सदस्यलाइ पनि नछाडिने घोषणा गरे। माओवादी अध्यक्ष प्रचण्डले पछिल्ला दिनमा आएर व्यक्तिहत्या नगर्ने घोषणा गरेका थिए। पत्रकार सम्मेलनमा भण्डारीले भने “उनीहरुमाथि भौतिक आक्रमणसम्मकै कारवाही हुनेछ।” माओवादीले दरवारका नजिक मानिने विभिन्न धार्मिक र सांस्कृतिक नामका संस्था र तिनका सदस्यलाइ बाँकी नराखिने जनाएको छ। शिव सेना नेपालजस्ता संस्थाको नामै किटेर उसले केही दिनमै त्यो कारवाही शुरु गरिने जनाएको छ। धार्मिक र राजनीतिक आवरणमा प्रतिगामीका लागि राजनीति गर्नेलाइ कुनै हालतमा वाँकी नराख्ने वताउँदै माओवादीले अव उनीहरुमाथिको आक्रमणलाइ मुभमेन्टकै रुपमा लैजाने घोषणा पनि गरेको छ। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ “जनताविरुद्ध सामन्ती मनोविज्ञान र भ्रम फैलाउने धार्मिक र सांस्कृतिक संगठनमाथि हाम्रो हमला तेज हुनेछ।” माओवादीले अव सरकारी संचारमाध्यमलाइ आक्रमणको तारो नै वनाउने घोषणा गरेको छ। भण्डारीले भने “सरकारी सञ्चारमाध्मविरुद्ध हामी ध्वंसात्मक रुपमै जान्छौं।” यो घोषाणाले सरकार नियन्त्रित सञ्चारमाध्यमहरु ऋव माओवादी आक्रमणको पहिलो निशाना वन्ने देखिएका छ। माओवादीले लोकतान्त्रिक आन्दोलनविरुद्ध विषवमन नगर्न नेपाली सिनेकर्मी र कलाकारलाइ पनि चेतावनीको शैलीमा आग्रह गरेको छ। रामेश्वर बोहरा /नेपालगन्ज
Read Full Discussion Thread for this article