Posted by: Gautam B. April 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
यस्तै हो बिर्खेजी, जिन्दगी यसैगरी जानसक्छ, ध्यान पु-याएन भने। *************************************************** आज अलि फरक खालको कविता राख्दै छु। कलापक्ष कम, आक्रोशमात्रै बढी भए माफ पाऊँ। "गाऊँ पस्छ अब शाही सेना" दुई सय वर्ष बितायो- दरबारको ढाक्रे भएर र ब्यारेक अघिल्तिरका रुखहरु पोतेर अब त साँच्चै तातेजस्तो छ नि! (यी.... भुत्रो!) गाऊँ पस्छ अब शाही सेना, माओवादीले ढुट्याएछन् बन्दुकजति मुठ्याएछन् राजमार्गमा लम्पसार- लाश गन्छ अब शाही सेना तल माथि पारेर टाउकाको संख्या जीत घोषणा गर्छ अब शाही सेना गाऊँ पस्छ अब शाही सेना, गाऊँ पस्छ अब शाही सेना चौतारीमा भेटेजतिलाई भकुर्छ र पसल अगाडि भटटट... पारेर मूठभेडको नया समाचार- काठमाण्डुतिर फ्याक्स गर्छ शाही सेना गाऊँ पस्छ अब शाही सेना, गाऊँ पस्छ अब शाही सेना फूलमायालाई देख्छ घाँसे पहिरोमा झम्टेर बलात्कार गर्छ (जनरक्षाको शाही शैली हो यो!) हिँड्ने बेला कञ्चटमा प्वाल पारेर फूलमायाको आफ्नो 'बायोडाटा'मा- 'महिला कमाण्डर' एक थप्छ शाही सेना गाऊँ पस्छ अब शाही सेना, गाऊँ पस्छ अब शाही सेना दु:खबहादुरलाई भान्साबाट घिसार्छ गरीबप्रसादलाई ओछ्यानबाट थुत्छ आँगनमा सोत्तर पारेर दुबैलाई रातो झण्डा ओढाईदिन्छ शाही सेना गाऊँ पस्छ अब शाही सेना, गाऊँ पस्छ अब शाही सेना माओवादी नभेटेर क्षुब्ध छ (भेट्याभेट्यै हो यस्तो तालले!) गोली त सिध्याउनै प-यो (नत्र माओवादीले लुटिहाल्छन् नि!) त्यसैले गाऊँले मार्छ शाही सेना गाऊँ पस्छ अब शाही सेना गाऊँ पस्छ अब शाही सेना।
Read Full Discussion Thread for this article