Posted by: Shaiva April 4, 2006
Baburam Bhattarai was a Potential Chess Grandmaster
Login in to Rate this Post:     0       ?        
Some crazy action of mad monarchy: मधेसी समुदयको कार्यक्रममा प्रहरी हस्तक्षेप मंगलबार, ०४ अप्रिल २००६ सातदलको लोकतान्त्रिक आन्दोलनमा मधेसी समुदायको समर्थन जनाउन २२ चैतमा प्रदर्शन गर्ने तयारीमा रहेका करिव ५ दर्जनलाई प्रहरीले काठमाडौको नयाँ बानेश्वरबाट गिरफ्तार गरेको छ। बानेश्वरबाट मार्इतिघरसम्म दिउँसो २ बजे जुलुश निकाल्ने कार्यक्रम रहेकोमा प्रहरीले त्यसअघिनै हस्तक्षेप गरेको थियो। दोश्रो पटक जुलुशको तयारी गरिरहेकालार्इ पनि प्रहरीले गिरफ्तार गरेको छ। गिरफ्तार हुनेहरुमा नेपाल सदभावना पार्टी (आनन्दीदेवी) का हृदयेश त्रिपाठी, पूर्व सांसद रामचन्द्र यादव, गणेश नेपाली, अमरेसकुमार सिंह, विजयकान्त कर्ण, विपि यादव, सरोज यादव र रामकिशोर सिंह लगायत हुनुहुन्छ। लोकतन्त्रको पक्षेमा नाराहरु लेखिएका प्लेकार्ड र ब्यानरहरु प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। मधेसी समुदायले प्रदर्शन गर्ने भनिएको क्षेत्र निषेधित इलाका बाहिर पर्दछ।
Read Full Discussion Thread for this article