Posted by: General April 4, 2006
Baburam Bhattarai was a Potential Chess Grandmaster
Login in to Rate this Post:     0       ?        
एक पागल (सज्जन?) सँगको छोटो अन्तर्वार्ताः १. तपाईँ पागल किन हुनुभो? पागलः- किनकी, यहाँ पागलहरुको संख्या अति कम छ। २. यहाँ धेरैजना पागल भएका भए? पागलः- म सज्जन बन्थेँ। ३. तपाईँ पनि सज्जन बन्न सक्नु हुन्छ? पागलः- किन नसक्नु? मेरो शैक्षिक सर्टीफिकेट नै काफी छैन र त्यस्को लागि। ४. त्यसो भए, तपाई सर्टीफिकेटको सज्जन, ब्यबहारमा पागल? पागलः- एकदम ठीक भन्नु भो। ५. तपाईँ किन उल्टो उल्टो कुरा गर्नु हुन्छ? पागलः- बडो राम्रो प्रश्न गर्नु भो। किनभने, मलाई उल्टो कुरा नगरी, अर्कालाई होच्याएर नबोली खाकै पच्दैन, रातभरी निद्रै लाग्दैन। हेर्नुस् न हिँजो मलाई कसैले गाली गरेन, रातभरी निद्रै लागेन। खै सानै देखी लागेको बानी छोड्नै सकिएन। ६. तपाईँ राजाबादी, माओबादी, प्रजातन्त्रबादी के? म ढुलमुलबादी। अहिले म राजाबादी। दलहरु सत्तामा गएभने म प्रजातन्त्रबादी। तर म माओबादी कहिलै हुन्न। ७.. किन? पागलः- माओबादी हुन त रोल्पामा जन्मनु पर्थ्यो, रुकुममा पढ्नु पर्थ्यो। म काठमाण्डौमा जन्मेर बिदेशमा पढेको मान्छे कसरी माओवादी हुन्छु? ८. किन माओबादीको यत्रो बिरोध गर्नु हुन्छ? पागलः- किन माओबादी बन्ने योग्यता नपुगेको त मेरो? ९. योग्यता पुगे माओवादी पनि बन्नु हुन्थ्यो? पागलः- Of course ! (लामो हाँसो!) १०. राजाले अहिले गरेका सबैकुरा ठीक छन्? पागलः- मेरो एउटा युनिक गुण छः धेरैजनाले ठीक छन् भने भने म बेठीक छन् भन्छु, धेरैले बेठीक छन् भने भने म ठीक छन् भन्छु। अहिले राजाको सबैले बिरोध गरेकाले मैले समर्थन गर्नु मेरो नैतिक दायित्व हो। ***
Read Full Discussion Thread for this article