Posted by: Gautam B. April 3, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हिते बज्जेले पनि अनेक जानेको छ! कता'ट मात्तेको साँढेको फोटु पाएछ कुन्नि! चौतारीलाई दशा लाग्ला, धेरै नटाँसेस् यार तेसका फुटा। ********************* गाम्ले हो, अब बैशाख पनि लाग्न आँट्यो, एक-दुईटा ब्या' आँट्नै पर्नी भो गाममा। भउते छटपटाको गोटा सातेक बर्ख पुग्न आँटिसको। अब नि यीनको ब्या' भएन भने यीनी छँटाउछन् के रे! पुण्टे दाईकै साली चाहिने हो भने पनि पुण्टेसंग राम्रैसंग कुरा चलाउनु परो। काका र जिम्माल तात्नु पर्ने हो यस्ता कुरामा! बूढाहरु कता लागेचन्? अनि यी पुण्टे दाईलाई पनि भउतेसंग के रिस छ त्यस्तो कुन्नि, साली दिँदै दिन्न भन्छन्। भउतेजस्तो केटो पाउनु त सजिलो छैन यो जमानामा। के खोजेका हौ तिम्ले? उता चित्रे र मैनाले पनि दोहोरी गाएर बसेको वर्ष दिन पुग्न आँटिसक्यो। विचराहरु सोझा छन्, "ब्या' गर्छौँ अब!" भनेर आफैँ भन्न पनि लाज मान्छन्। अब यीनको पनि किलो-दाम्लो गर्दिनु परो।
Read Full Discussion Thread for this article