Posted by: Bhaute April 3, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
नेपेजी, गौतमजी,दादाजी र मिसजी छलफलको लागि धन्यवाद। लु अब मैले पुरानै शेर राखेँ भो। टेक्सनजी, मीठा शब्दहरुको लागि धन्यवाद। परिचित मित्र हुनुहुँदो रे'छ। सारै खुशी लाग्यो पढाइ त यस्तै हो हेर्नुस। यो लेभेलको पढाइ भनेको "पहिले पस्न दिँदैन कि भन्ने डर, पसे पछि निस्कन दिँदैन कि भन्ने डर" रहेछ। डिग्री त पसेपछि लगभग पक्का नै भैहाल्यो। ढिलो-चाँढोको मात्र कुरा न हो। फ्लोराजजी, म प्रेसिडेन्टमा उठेका कुरा देखि लिएर सबै कुरा थाह पाउने तपाईँ त मेरो एकजना झापाली मित्र जस्तो लागेको थियो। फेरि झापाली र स्याङ्ग्जाली बीचको बीजगणित नै नगरी लेखेको देखेर अर्कै पर्नुभो जस्तो लाग्यो। :-) जे होस मित्रहरु भेटिदा निकै खुशी लागेको छ। मुठ्ठीका कुरा चैँ चौतारीमा बसेर गरम्ला भो, हुन्न? :-) बेनामी बन्धु, नाम नभए नि थर त रे'छ नि त। बन्धु भने पछि दाइ-भाइ किन चाहियो र ! मेरो उमेर त भनिन भो यहाँ। फेरि केटीहरुले थाह पाउँछन् क्या। :P जे होस मेरो कुटीमा पसेर हौसला दिनुभएकोमा धन्यवाद है। प्रिती भान्जी :p , धन्यवाद ! :-) -भउते
Read Full Discussion Thread for this article