Posted by: Nepe April 3, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
दादाज्यू, परिवर्तन भनेको कुरा आवश्यकताको आधारमा हुनु पर्छ भन्ने सिमानालाई विश्वास गर्छु म । त्यसैले Male chauvinism को संकेत हुने शब्दलाई मात्र आवश्यक परे लिंगनिरपेक्ष बनाउनु पर्छ भन्ने मेरो आग्रह हो । अन्यथा बुझिन गएको भए भुल सुधार । कतिपय स्त्रीलिंगी शब्दलाई लघु अर्थमा प्रयोग हुन्छ । जस्तै: उपन्यास= सामान्य उपन्यास; उपन्यासिका= लघु उपन्यास । यस्तो प्रयोग पनि निरुत्साहित हुन पर्छ भन्ने लाग्छ मलाई । सारमा Male chauvinism लाई भाषाबाट लखेट्नु पर्छ भन्ने मात्र बिन्ती हो मेरो । बाँकी परिवर्तन भाषा प्रयोगको स्वाभाविक क्रमविकासलाई छोडिदिनु पर्छ ।
Read Full Discussion Thread for this article