Posted by: symlyn April 3, 2006
अब के गर्छ त्यसले??
Login in to Rate this Post:     0       ?        
- http://www.himalkhabar.com/content/view/483/42/ २१ चैत दिउँसो माओवादी अध्यक्ष प्रचण्डले प्रेस विज्ञप्तिमार्फत् काठमाडौँ उपत्यकाका आम जनतालाई शान्तिपूर्ण आन्दोलनमा सडकमा उत्रन आव्हान गर्दै आज बेलुकीदेखि राजधानी उपत्यकामा कुनैपनि फौजी कारवाही नगर्ने उल्लेख गरेका छन्। वक्तव्यमा भनिएको छ, “जनमुक्ति सेनाको घुसपैठको वहाना बनाएर राजधानी केन्द्रित शान्तिपूर्ण जनप्रदर्शनमाथि फौजी आतङ्क मच्चाउने निरङ्कुश सामन्ती गिरोहको षडयन्त्रलाई नाङ्गेझार पार्न, आम जनतालाई दृढतापूर्वक शान्तिपूर्ण आन्दोलनमा अगाडि बढ्ने सहज वातावरण तयार पार्न तथा सात राजनीतिक दल र नागरिक समाजको आग्रहलाई गम्भीरतापूर्वक लिई आज (२१ चैत) बेलुकादेखि नै लागू हुने गरी पार्टीका तर्फबाट अर्को वक्तव्य जारी नहुँदासम्मका लागि काठमाडौँ उपत्यकाभित्र सबै प्रकारका फौजी कारवाहीहरु स्थगित गरिएको छ।” for details - http://www.himalkhabar.com/content/view/483/42/
Read Full Discussion Thread for this article