Posted by: Bhaute April 2, 2006
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
नेपालको छोरा, ईश्वर र मिस मीलाई धन्यवाद। गौतम-जी, ... जिसे डर्ता था, वही वात हो गई .... भन्या जस्तै भो त। :-) शंका त लागि राख्याथ्यो, यहाँ प्रश्न उठ्न सक्छ भनेर। तर मिस जी खिसिक्क हाँसेर हिँडेपछि गलत अर्थ लागेन छ कि भनेर अलिक ढुक्क भएको थियो। सजिलै गल्ति स्विकार गर्नु भन्दा कुरा घुमाइवरी तान-तुन पारेर प्रतिरक्षा गर्ने बानीलाई निरन्तरता दिँदै छु है। हार्ने नै पक्कै भो भने म पनि "संसद पुनर्स्थापना " गरम्ला। :-) मेरो पहिलो तर्क : यहाँ मर्दको अर्थ जनाना-मर्दानाको (लोग्ने मान्छे- स्वास्नी मान्छे) आशयमा नलिएर मर्द-नामर्द (सहासी-काँतर) को रुपमा बुझ्ने हो भने गलत अर्थ लाग्दैन कि ! मेरो दोस्रो तर्क : सानो कथा नै सुनाउव के रे।(हुन त यो सबैले सुनेकै हुनुपर्छ) :-) एक जना महाशयले ठूलो भोज आयोजना गरेर आफन्तहरुलाई निम्त्याएछन। कारणवश निम्त्याइएका मध्य आधा सँख्यामा मात्र आफन्त उपस्थित भएछन। बाँकी आधा नआएको देखेर महाशयको मन खिन्न भएछ। अनि प्वाक्क बोलेछन : " आउनु पर्ने मान्छे आएनन।" उपस्थितलाई निम्तालुलाई यो सुनेर खल्लो लागेछ। "ए हामी त नआउनु पर्ने मान्छे पो परेछौँ" भन्दै उपस्थित मध्य आधा तुरुन्तै फर्केछन। फेरि यो देखेर महाशयलाई सारै नरमाइलो लागेछ। अनि फेरि प्वाक्क : "नजानु पर्ने मान्छे गए।" भनेछन्। बाँकी निम्तालुलाई यसले चसक्क बिझेछ। अनि "ए जानु पर्ने त हामी पो रहेछौँ" भन्दै बाँकी पनि गए पछि त भोज शून्य नै भएछ। कुरो के भने हरेक वाक्यको पुरक खोज्दा कहिले काहीँ गलत अर्थ पो निस्किने हो कि ! म पुरै गलत हुन पनि सक्छु। म गलत भए त्यो मायाँ गरेर हानिने थप्पड चैँ मैले पाउँ। :-) अरु गुरुहरुको पनि नजर पर्यो भने पक्कै क्यै सुझाव दिनुहुनेछ। तपाईँको शंका र सुझाव प्रति म १०० % सहमत। धेरै धेरै धन्यवाद। गालव जी, अँधेरोमा हानेको गोलीले ढुकुर मर्यो जस्तो छ नि। चुनावको ठाक-ठुक अझैँ बाँकी छ कि के हो ? :p :-) -भउते
Read Full Discussion Thread for this article