Posted by: Birkhe_Maila April 1, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
धन्यवाद् दादा! तपाईँले मन पराउनु भएको हरफ मैले मेरो देश सम्झेर लेखेको थिएँ यो बिश्वको बयानमा! ********** धन्यवाद् गौतमजी! वास्तवमा तपाईँले बुझ्नुभएको ठिक हो। साथ साथै त्यसमा मैले अझ थपेको थिएँ अर्को हरफमा- तिमी नै दासत्व हटाउँछौ र स्वतन्त्रताको बिगुल फुक्छौ! अनि तिमी नै, दक्षिण पूर्वमा यौन दासि बनाउँछौ र पुगेको ठाउँमा जरा गाड्छौ। आफैँ परजीवी बनेको आभाष छैन तिमीलाई, तर तिमी रक्तदान गरेको स्वाङ्ग पार्छौ र आफ्नो व्यभिचार लुकाउँछौ! यस्तै, विभिन्न युद्ध र गृहयुद्धमा बल्झिएका ठाउँको बयान गर्न खोजेको थिएँ मैले! **************** अब तपाईँको कवितामा जाउँ! तपाइँको पहिलो कवितामा मैले अनुराग देखेँ, प्रेम भेटेँ र खुसिको चरमोत्कर्ष देखेँ! मलाई अनुभव छैन अहिले सम्म त्यो क्षण कस्तो हुन्छ तर पनि त्यसको आभाष भेटेँ! ******** नेपाली शुतुरमुर्गको वर्तमान अवस्था! गजब छ!! :)
Read Full Discussion Thread for this article