Posted by: Bhaute April 1, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
च्यात्न नसकेको चिठीको आफ्नै प्रति हात पर्यो। पहिले नै एक पल्ट पढेर सक्काइसकेको भए पनि किन किन फेरि खाम खोल्न हतार लाग्यो। फेरि कुशा सँगै यात्रा सुरु गरेँ र अविरल पन्ना पल्टाउँदै गएँ। म पुस्तक अत्यन्त कम पढ्ने गर्छु। पाठ्यपुस्तकका रुपमा बाध्यताले तथा केहि धार्मिक आस्थाले पढिएका पुस्तकहरु बाहेक कमै मात्र पुस्तक दोहोर्याएर पढ्ने जाँगर चल्यो। पागल बस्ति, सुम्निमा, शिरिषको फूल र लुटिएका दुइ थुँगा फूल पछि च्यात्न नसकेको चिठीलाई दोस्रो पल्ट पढेँ। च्यात्न नसकेको चिठीमा मैले भेटेका केही विशेषताहरु : "....बाहिर पानी रोकियो, भित्र बर्सिरहेछ। तिमी बर्सिरहेछौ, म रूझिरहेकी छु। फरक यत्ति हो - बर्सिने बादललाई थाहा छैन, ऊ धरतीको कुन शुष्क कुनालाई छप्छप्ती रूझाइरहे".......>>> भाषाको माधुर्यता ! ....म झसङ्ग भएँ। अकस्मात मलाई तिम्रो चिउँडोको खत सम्झना भएर आयो। ........ म तिमीलाई दिनमा कयौँ चोटि सम्झन्थेँ। तर मेरो सम्झनामा तिम्रो चिउँडोको खत थिएन।..... उसले मेरा दुबै हात बिस्तारै आफ्नो गालामा पुर्‍यायो। अनायास हात झड्कारेर तानेँ।.......>>> कल्पनशिलताको उत्कर्ष ! ...सहसा मलाई लाग्यो- मैले घोर अपराध गरेकी छु। .... म विस्तारै उठेर सोफा तिर बढेँ। ..... त्यसपछि म उसको गोडामा निधार अड्याएर रोएँ...... ...त्यस पछि मैले सुटकेस उठाएँ। मेरो पति मलाई कातर नयनले हेरिरहेको थियो......सुटकेस भूईँमै राखेर म मेरो पति छेउ पुगेँ। म उसलाई चुम्न चाहन्थेँ। ...... मेरो छातिबाट जे उठ्न खोज्यो, मैले त्यसलाई उसको हात चुमेर थुनेँ। ...... >>> नारी हृदयको सजिव बिष्लेषण (सायद)। "पुनश्चले" उब्जाएका खुल्दुलीहरु: कुशाको हृदयमा फटफटाएको यो सच्चा प्रेम हो या उमेरको बहकाव !!! "पुनश्च" भन्दा अगाडि उपन्यासले sinusoidal curve को एक पूर्ण चक्र पार गरेको छ। "पुनश्च" यो sinusoidal curve को पूर्णविराम हो या अर्को चक्रको शुरुवात !!! लेखकको आँखाले जसरी हेरे पनि सायद म जस्ता केही पाठकलाई यी दुई प्रश्न सदा अनुत्तरित नै हुनेछ। त्यसैले हरेक पाठक आफ्नो जीवनको कुनै न कुनै खुट्किलामा एक पल्ट च्यात्न नसकेको चिठीलाई सम्झिन बाध्य हुनेछन्। लेखक प्रति मेरो सानो छुस्याईँ: ..."सुविधै सुविधा छ। मुख्य कुरो त यहाँ बढी सुरक्षित छु।" लेग्रो तानेर आँखा झिम्कयाउँदै तिमीले भनेका थियौ।... >>> उपन्यास भरि मेरो कल्पनाको सञ्जी चैँ यति ठट्टेउलो अन्त कतै कहिल्यै भएन। ....जीवनमा पहिलो पल्ट ईश्वरको नाम लिएँ मैले।..................... सिर्फ एक मिनेटको निम्ति।" .............>>> प्रेममा यति सजिलै फस्न सक्ने एक नेपाली नारी यति विघ्न नास्तिक ? यो केटी त मेरो कल्पनाको कुशा भन्दा अधिक कोणले फरिक निस्किई। अन्त्यमा: हार कस्को ? जित कस्को ? प्रेमका ३ खेलाडीलाई बडो कुशलताका साथ हराएर केवल लेखकले मात्र जितेका छन् यहाँ। बाँकी तीनै पात्र (सञ्जी, कुशा, र रवि) नराम्रो सँग पछारिएका छन। आफ्नै पारा : हे प्रभो ! मलाई रविकान्त हुन नपरोस। बरु सञ्जि नै हुन सहर्ष तयार छु। :-) :-) -भउते
Read Full Discussion Thread for this article