Posted by: Gautam B. March 31, 2006
Login in to Rate this Post:
0
?
"तिमी जन्मेको पल"
तिमी जन्मेको पल मैले-
सूर्य, चन्द्र र ताराहरुबाट
दिन, रात, साँझ र बिहान भन्दा फरक
नयाँ आयाममा समयबिस्तार पाएँ,
तिमी जन्मेको पल मैले-
कमलझैं रात फक्रिएर आकाश खुल्दा
हजार स्वप्नपुष्पहरुको अवतरण देखें,
तिमी जन्मेको पल मैले-
तिम्रा कोमल आँखाहरु डुलाएर
नयाँ सुन्दर संसारको दर्शन गरें
तिमी जन्मेको पल मैले-
मेरो काखमा निदाएको रात देखें
मेरो छातीमा ब्युँझिएको आकाश देखें।