Posted by: Arko March 31, 2006
Karishma to be the first Nepalese to be on the Moon
Login in to Rate this Post:     0       ?        
विज्ञान तथा प्रविधिको मामिलामा नेपाल भलै पछाडि होस् तर पहिलो पटक एक नेपालीले चन्द्र धरातल टेक्ने भएका छन्। चन्द्र धरातलमा छायाँकन गरिने कोकाकोलाको महत्त्वाकांक्षी विज्ञापनका लागि विश्वका ६० देशभन्दा बढी देशबाट छानिएका २० कलाकारहरुमा एक नेपाली कलाकार पनि परेका हुन्। ती कलाकार अरु कोही नभएर नेपालकी चर्चित अभिनेत्री करिश्मा मानन्धर हुन्। अभिनेत्री करिश्मा मानन्धरका पति विनोद मानन्धर र कोकाकोलाको नेपाली उत्पादक बोटलर्स नेपाल लिमिटेडले आज एक संयुक्त पत्रकार सम्मलेन गर्दै यो कुराको जानकारी दिएका हुन्। कोकाकोला कम्पनीले हरेक वर्ष नयाँ-नयाँ थिममा विज्ञापन बनाउने गरेको छ र यही क्रममा उसले आफ्नो सर्वाधिक महत्त्वाकांक्षी योजना अन्तर्गत यो विज्ञापनको अवधारणा तयार पारेको थियो। यस विज्ञापनका लागि कोकाकोलाले २५० मिलियन डलरको बजेट छुट्याएको छ। यसमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई तिर्नुपर्ने रकम जोडिएको छैन। अवधारणा अनुसार विश्वका ६२ देशबाट त्यहाँका सर्वाधिक चर्चामा रहेका कलाकारहरुको नाम छनौट गरिएको थियो। त्यसपछि त्यसमध्येबाट ३० जनालाई पहिलो चरणका लागि छनौट गरिएको थियो। ३० मध्ये विभिन्न शारीरिक र मानसिक परीक्षणहरुपछि २० जनालाई अन्तिम उम्मेदवारका रुपमा छनौट गरिएको थियो। कोकाकोलाले आफ्नो वार्षिकोत्सवका दिन मात्रै यससम्बन्धी अ‍ौपचारिक घोषणा गर्ने भएकोले अहिलेसम्म यो कार्यक्रमका बारेमा समाचार अत्यन्तै गोप्य राखिएको थियो। र, आज कोकाकोला उत्पादन हुने विश्वका सबै देशका स्थानीय उत्पादक र मुख्य उत्पादकले एकै पटक पत्रकार सम्मेलनमार्फत् यस सम्बन्धी जानकारी सार्वजनिक गरेका हुन्। अन्तिम उम्मेदवारका रुपमा छनौट भइसकेकाहरुलाई यही सेप्टेम्बर महिनादेखि विशेष तालिम दिइने भएको छ। यसका लागि उनीहरुलाई यसै साता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यात्रीहरुलाई प्रशिक्षण दिने केन्द्रमा लगिँदैछ। आफ्नी धर्मपत्नी चन्द्रमामा जान लागेकोमा कस्तो अनुभव गरिरहनु भएको छ त भनी सोधिएको प्रश्नको जवाफमा विनोद मानन्धरले खुसी लागिरहेको बताइन्। टेलिकन्फरेन्समार्फत पत्रकार सम्मेलनमा उपस्थित करिश्माले चाहिँ सुरुमा चन्द्रमामा जाने कुरा सुन्दा डर र रोमाञ्च लागेको भए पनि चन्द्र धरातल टेक्ने पहिलो नेपाली हुने गौरव प्राप्त हुने कुराले आफूलाई हौसला बढेको बताइन्। हाहाहा अप्रिल फूल !!! -- APRIL FOOL!!! -- Source http://www.merosansar.info/content/view/41/42/
Read Full Discussion Thread for this article