Posted by: Bhaute March 30, 2006
bhaute lai khoji pau
Login in to Rate this Post:     0       ?        
माफ पाउँ मित्रहरु, जवाफ दिन ढिला भएकोमा। चौतारीमा खोजी भा'को होला भनेको त यहाँ त अर्कै धागोमा भाँडोभैलो नै भएको रहेछ। नेपालको छोरालाई इमेलमा धागो पठाइदिएकोमा धन्यवाद ! ए जोगिनी ! (poor nepali) बारीको कुनामा लुकेर ढुँगाले हानेर पनि मयाँ पिरिम फस्टाउँछ त? :p मलाइ पनि तिम्रो मयाँ बिछट्टै लाउछ नि। मेरो पनि तिमीलाई धेरै धेरै आई लप यु छ है। :-)। यी नेपालका छोराले त गुरु खुस्किए कि भनेर ढोकामा फोटु टाँसेरै बसेका रे'छन। झन्डै धुप बत्ति चै बालिसकेका रहेनछन। :-) हैन ए गोताएँ तिम्ले त सौताको छोरोले भन्दा नि बढी फरेब लाएछौ त यार ? त्यस्तो तिकडमबाजी गर्नी फुर्सत भए के के अर्थेँ के के। फुर्सत पाए त त्यति अर्न नसक्ने मुन्छे त हैन म पनि। मुन्छे जहाँ पुगे नि खप्पर र गिदी त स्याउँजाली नै हो के रे नि त। फेरि अर्नै परेसि त्यस्ता चर राखेर किन अर्थेँ र ! जे होस, सबै मित्रहरुलाई मेरो खोजी गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अब यो खुइलिसकेको धागोमा एक एक गरेर उत्तर दिइन है मैले। गोताएँको फरेबले असह्य भएर मात्र छुस्स पस्न मुन लाग्यो। जोगिनी सँगको पिरेम त आफ्नै ठाममा छदै छ नि। :-) फेरि पनि मेरो आइ लप यु छ है जोगिनी ! :p बाहिर निस्केर नभने पछि को-कोले मयाँ गरेका छन मुलाई भनेर कसरी थाह पाउनु त। :-) :-) -भउते
Read Full Discussion Thread for this article