Posted by: Birkhe_Maila March 30, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
मानव? मानव! मानव! हे मानव! कति मानवताको हत्या गर्छौ? तिमीलाई पुगेन अझै? तिमीले हिरोशिमा पोल्यौ र मुर्दा शान्तिको बिगुल फुक्यौ! तिमीले पोलपोट जन्मायौ र मानव खप्परको संग्रह गर्यौ! र उपलब्धि? रक्तपिपासु भएर गयौ अझै! के संग्रह गर्दैछौ अझै तिमी? अरु मान्छे पोल्ने चिताहरु? बिश्व! बिश्व! उफ! तिमी नै सुन्दर बगैँचामा धावा बोल्छौ। तिमी नै जिउँदो घर भत्काएर, महल ठड्याउँछौ र ‘भियतकङ्ग’ जन्माउँछौ! अनि तिमी नै उत्तर हुन्छौ, तिमी नै दक्षिण हुन्छौ र बिचमा लाशको थुप्रो माथि बसेर , शान्ति खोज्छौ? साईगोन! साईगोन! उफ! तिमी नै गाँस खोस्छौ र तिमी नै पिठोका बोराहरु झार्छौ। उठेको भुँडि र गन्न सकिने करङ्ग, शायद तिमीलाई प्रिय लाग्छ। त्यसैले त तिमी, चराहरुको चिरबिरमा बारुदको शंख फुक्छौ! पानी माग्ने खेतलाई, रगतको सिंचाई गर्छौ! रुवान्डा! रुवान्डा! उफ! तिमी नै रेखा खिच्छौ। तिमी नै भाई भाई बिच अंशबण्डा गर्छौ। तिमी नै कौरव र पाण्डव बनाउँछौ र कृष्ण बनेर दुबैलाई लडाउँछौ, अनि तिमी नै धृतराष्ट्र झैँ आँखा चिम्लन्छौ। तिमी नै जमिनमा अन्नको साटो बारुद गाड्छौ र दशकौँ सम्म त्यसलाई कोट्ट्याउँदै, लाश माथि लाश थप्छौ! बोस्निया! बोस्निया! उफ! तिम्रो ईश्वर मारिए, तिमीले तिस लाख मानिस मार्यौ! त्यसै गड्कियौ, दौडियौ र अन्त्यमा आफैँमा खुम्चियौ। आफ्नै शहरलाई मसानघाट बनायौ! अनि बन्द कोठमा आफैँ मारियौ! फ्युरर! फ्युरर! उफ! तिमी नै दासत्व हटाउँछौ र स्वतन्त्रताको बिगुल फुक्छौ! अनि तिमी नै, दक्षिण पूर्वमा यौन दासि बनाउँछौ र पुगेको ठाउँमा जरा गाड्छौ। आफैँ परजीवी बनेको आभाष छैन तिमीलाई, तर तिमी रक्तदान गरेको स्वाङ्ग पार्छौ र आफ्नो व्यभिचार लुकाउँछौ! बिश्व शक्ति! बिश्व शक्ति! ऊफ! तिमी भोको पेटलाई अन्न दिन सक्तैनौ र तिमी नै भोको पेटको बहानामा, बन्दुक समाउँदै दौडन्छौ! अनि अर्को भोको पेटको हत्यामा भोज गर्छौ! तिमी नै आतंक मेटाऊने बहानामा, झन आतंक मच्चाउँछौ र रगतको आहलमा पौडि खेल्छौ! बुद्ध देश! बुद्ध देश! ऊफ!
Read Full Discussion Thread for this article