Posted by: symlyn March 27, 2006
पेरिसमा विरोध
Login in to Rate this Post:     0       ?        
अर्को विरोध बेलायतमा! बेलायतस्थित नेपाली जनसम्पर्क समिति र नेपाली प्रजातान्त्रिक मञ्चले १३ चैत (२६ मार्च) मा संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा भैरहेको मानवअधिकार हनन्प्रति चिन्ता व्यक्त गरेको छ। र, राजनीतिक दलहरुले २४ चैतबाट थाल्ने निरङ्कुशता विरोधी आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। निरङ्कुश सरकारको लोकतन्त्र विरोधी क्रियाकलापको तिव्र रुपमा विरोध गर्नुका साथै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, नागरिक समाजका अगुवाहरु र मानवअधिकारकर्मीहरुलाई थुन्ने, शान्तिपूर्ण सभा–जुलुशमाथि रोक लगाउनेजस्ता सरककारी रवैयाको अन्त्यका लागि मुलुक बाहिरबाट सक्दो सहयोग गर्ने र वाह्य समर्थन जुटाउने प्रतिबद्धता समेत यी संस्थाहरुले गरेका छन्। शान्तिपूर्ण जनआन्दोलनको समर्थनमा बेलायतस्थित नेपाली जनसम्पर्क समिति र नेपाली प्रजातान्त्रिक मञ्चले संयुक्त रुपमा २६ चैत (८ अप्रिल २००६) मा नेपालमा विकसित राजनीतिक परिवेश र जन दायित्व विषयमा मन्धाता युथ एण्ड कम्युनिटी सेन्टर, मन्धाता हाउस, २०ए रोजमिड एभेन्यू, वेम्बली, मिडलसेक्स,एचए९ ७ ई मा अन्तरक्रिया गर्ने कार्यक्रम राखेका छन्।
Read Full Discussion Thread for this article