Posted by: Birkhe_Maila March 25, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
पुस्तक अस्ति हात परेको थियो तर आज सम्म पढ्ने मेसो मिलेको थिएन र आज पढेँ! 'प्रकाशकीय' देखि ७८रौँ पाना सम्म सबै पढेँ। पहिलो १ घन्टा सबै पढेर सकाएँ र कथाले आफूलाई तृप्त बनाएँ। त्यसपछि फेरि पढेँ र केहि शब्द र वाक्यहरुमा अड्किएँ! हुनत हरेक हरफहरु सिधै कुशाको मन भित्र बाट निस्केका छन तर केहि तर्कनाहरु यति प्रगाढ, गहिरा र बलिया छन कि, लेखकले भने जस्तै बिशुद्ध "प्रकृतिजन्य प्रेम" मा परेका मुटुहरुबाट मात्र निस्कन सफल हुन्छन्! जस्तै झरि परेर रोकिएको बेलामा कुशाको मनमा उमडिएका लहरहरु - "बाहिर पानी रोकियो, भित्र बर्सिरहेछ। तिमी बर्सिरहेछौ, म रूझिरहेकी छु। फरक यत्ति हो - बर्सिने बादललाई थाहा छैन, ऊ धरतीको कुन शुष्क कुनालाई छप्छप्ती रूझाइरहेछ।" यस्तै, सन्जीले भित्र भित्रै मन पराएको कुरा थाहा भएपछिको विष्फोटक स्थितिबाट मुक्तिको लागि कुशाको मन बाट निस्केको मनोभावलाई लेखकले झनै कुशलतापूर्वक उतारेका छन - "रुँदा रुँदा जब मेरा आँसु शेष रहेनन्। तिमी कल्पने गर्न सक्तैनौ मैले के गरें। मैले तिम्रो मृत्युको कामना गरें...भयानक, घोर पापमय प्रार्थना....तर त्यो प्रार्थनाले मलाई झन् अधीर, अशान्त र उद्धिग्न तुल्यायो। हरेक पल्ट तिम्रो मृत्युको कामनासँगै मैले आफूलाई विधवा अनुभव गरेँ।" समग्रमा भन्नु पर्दा मलाई उपन्यास धेरै मन पर्यो, कथा आफैँले भन्दा मलाई कथाको विभिन्न मोडमा प्रयोग गरिएका भावपरक शब्दहरुले बढि मजा दियो! पढ्दै जाँदा किन किन थाहा छैन बिचमा रविकान्तको मनोभावना अझै अलि बढि खोलिएको भए हुन्थ्यो जस्तो लाग्यो! नेपे दाजू, यस्तो रचना पस्किनुभएकोमा धेरै बधाई छ र साथसाथै तपाईँको यो यात्राले मलाई दिएको हौसलाको लागि धन्यवाद् अनि अर्को खुट्किलो उक्लनोस मेरो शुभकामना छ! :)
Read Full Discussion Thread for this article