Posted by: Ishwor March 25, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हिजो साँझाँ भउते गुरु लै खोज्दै पून्टे दाइ को आँगन सम्मन् पुग्या मात्तै थें, पून्टे दाइ मुङ्ग्रो ले'र दौड्दै थिए के के भन्दै। हन के भओ च आज यो पून्टे दाइ लाई, बौलाउन त बौलाएनन् सालि को पिर ले भने को त काँ हुनु, भउते लाइ पो लखेट्तै रचन् । भउते पुनि कम्ता को छट्टु छन्, पून्टे दाइ लाई त उनकै आँगनाँ फन्फनि घुमाइ'रा। भउते अगिअगि, पून्टे दाइ मुङ्ग्रो ले र पछिपछि। "यो बज्जे लाई आज नमारि छोड्दिन, सारा गाम्को केटिहुर् बिगार्ने येइ पो रैछ" भन्दै फलाक्दै थिए। लौ अबु मलाइ पो फसाद परो के अर्नि भनेर्। भउते लक्का जवान मुन्छे, पून्टे दाइ बुडेस काल ले छुन लागेको क्यारे काँ'टि भेटाम्थे र । के के अरेर भउते आँगनाँ'टि झ्याङ्गतिर फालहाने। पून्टे दाइलेनि न्वारन देखिको बल निकालेर मुङ्ग्रो बजारे भउते तिर। "एइया नि, मरें" भनेर भउते च्याँठ्ठियो। लौ बिताओ बुढाले किन तेसरि हिर्काउनु परे होला। बेफ्वाँकाँ जेलको हवा खान पर्ने भो भन्ने लाओ। जे भे नि हेर्नु जान त परो भनेर हमि दुबै झ्याङ्ग तिर लागेम्। काँ हुनु भउते त मुङ्ग्रो खेलाम्दै पो बसेको र च। बुढा लै देखे सि उनै लाई ताकेर मुङ्ग्रो ले झटारो हाने। हामि दुबै घार तिरै फाल हानेम्। ज्यान को मयाँ त सपै लाइ हुने क्या रे।
Read Full Discussion Thread for this article