Posted by: Dada_Giri March 25, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
धन्यबाद foe_4_mysty ब्रो! हाम्रा गामतिर जाने बाटोको फोटु टाँस्देकोमा। मैनाकी आमा: निद्रा छैनऽऽऽऽ दिनमा रऽ रातिमाऽऽ जवान छोऽरीऽऽऽऽ जवान छोऽरीऽऽऽऽ छ मेरो छातिमाऽऽऽऽऽऽ यो मन छैन स्थिर मलाई दिन रात सँधै पिरै पिर चित्रे: तिम्रो पिर पठाइदेऊ मतिर तिम्रो पिर पठाइदेऊ मतिर देऊ छोरी, देऊ छोरी ज्वाईँ हुन मन्जुर त्यो मन गर स्थिर बुढेसकालैमा लिनुहुन्न पिर बुढेसकालैमा लिनुहुन्न पिर मैनाकी आमा: तिमी छौ कि सम्पत्ति ताक्ने (क्यारे?) तिमी छौ कि सम्पत्ति ताक्ने (हैन, हैन) स्वास्नी भन्दा धन प्यारो लाग्ने (ल है, ल है) स्वास्नी भन्दा धन प्यारो लाग्ने (ल है,) गोरु ब्याउँदैन गोरु ब्याउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन चित्रे: देऊ छोरी सम्पत्ति चाहिँदैन देऊ छोरी सम्पत्ति चाहिँदैन यस्तो केटो ए होए होए यस्तो केटो संसारमै पाउँदैन कटर कटरमा हे कटर कटरमा तिम्रो स्वाउँदो ज्वाईँ आयो मटरमा मैनाकी आमा: छोरी भर्खर १६ मा लागेको छोरी भर्खर १६ मा लागेको तिमी हेर्दा तिमी हेर्दा ३५सै नाघेको गोरु ब्याउँदैन गोरु ब्याउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन चित्रे: उमेरैको ल है! हिसाबै नगरे उमेरैको हिसाबै नगरे यो ज्यान पनि ए होए होए यो ज्यान पनि उम्केला होस गरे कटर कटरमा हे कटर कटरमा तिम्रो स्वाउँदो ज्वाईँ आयो मटरमा मैनाकी आमा: छोरी मेरी (कस्ती?)सुनगाभा फूल सरि(हो र?) बाँदरलाई (के रे के रे?) बाँदरलाई स्वाउँदैन केइ गरी गोरु ब्याउँदैन गोरु ब्याउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन चित्रे: अहिले मलाई बाँदरै बनाउँछ्यौ अहिले मलाई बाँदरै बनाउँछ्यौ लान्छु छोरी लान्छु छोरी ज्वाईँ भन्दा चाल पाउँछ्यौ कटर कटरमा ए! कटर कटरमा तिम्रो झिल्के ज्वाईँ आयो मटरमा मैनाकी आमा: तिम्लाई ज्वाईँ भन्न त्यति स्वाउँदैन ... ...
Read Full Discussion Thread for this article