Posted by: Thulobabu March 25, 2006
उदेक लाग्दो माओवादी कृयाकलाप।
Login in to Rate this Post:     0       ?        
माओवादीहरुको Hit & Run कृयाकलाप बाट शाही सरकारलाई केही फरक परेको छैन । किनभने अहिलेको शाही सरकार जनतालाई दु:ख पर्दा दु:खी हुने खाल्को छैन । जुन मान्छेले आफु राजा हुन आफ्नो तेत्रो परिवारलाई त मार्न पछी परेनन् भने जनता मर्दा के फरक पर्‍यो र! तेसैले माओवादीहरुले सानोतीनो ब्यक्ती मारेर सफलता पाउदैनन। युद्ध जित्नकोलागि पत्ता छिमोलेर मात्र हुँदैन, त्यस्को हाँगाहरु जस्तै, सचित सम्सेर्, अरु बक्बके ठुला मन्त्रीहरु, ठुला जनरलहरु आदि इत्यादिलाई कारबाही नगरी यो सरकार चेत्दैन । हाँगा काटे पछी मात्र ठुलो रुख काट्न सजिलो हुन्छ । तसर्थ बाटो ब्लक गरेर, नाकाबन्दी गरेर कुनै सफलता प्राप्त हुँदैन, खाली जनताले मात्र दु:ख पाउछन्। शाही सरकारले त्यो दु:ख अलिकति पनि अनुभुती गर्दैन । तसर्थ माओवादीले strategy परिवर्तन गर्नै पर्छ, crux मा हिट् गर्ने, जनतालाई होईन। होईन भने जनताले लगातार दु:ख पाइरहन्छन्, अनि शाही सरकार चाँही आनन्दसँग मनपरी गरिरहन्छ ।
Read Full Discussion Thread for this article