Posted by: sanamdhun March 24, 2006
नामिवियाको ६ विकेट क्षतिमा १७६ रन
Login in to Rate this Post:     0       ?        
आई सी सी अन्तर महादेशीय क्रिकेट प्रतियोगिताको छनौंट खेलमा नेपाल बिरुद्ध नामिवियाले ६६ अ‍ोभरमा १७६ रन बनाउँदै ६ विकेट गुमाएको छ । नेपालका बलरहरु बिनोद दास, अमिर अख्तर र बसन्त रेग्मीले २–२ विकेट लिएका छन् । वर्षाका कारण खेल दोस्रो दिन शुक्रवारदेखि मात्र शुरु भएको हो । नामिवियाको राजाधानी विन्डहोकको वन्डर स्पोटर्स क्लबको खेल मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । विन्डहोकमा अत्याधिक वर्षाका कारण मैदानमा पानी जमेका कारण पहिलो दिनको खेलमा हुन सकेको थिएन। आइसीसी अन्तरमाहादेशीय कपको अन्तिम ८ मा प्रवेशका लागि नेपालले यो खेल जित्नै पर्ने अवस्था रहेको छ भने नामिबियाका लागि बराबरी नै काफी हुनेछ । 24 Mar, 2006 http://www.parewa.com/newsview.php?id=1461
Read Full Discussion Thread for this article