Posted by: Gautam B. March 23, 2006
Chautari - XII
Login in to Rate this Post:     0       ?        
हेर कान्छा तँ चित्त नदुखा त! तेरो कामै तेस्तै भे'सी गाम्लेहुरले आफ्नै सम्झेर हकारेका मात्तै हुन्। आफ्नो नदेख्या भे' तँलाई अहिलेसम्म डाँडा कटाईसक्थे। उहिले एउटा सिउदेलले चौतारीमा आएर निहुँ खोजेको के थ्यो, दम्तरीहुरले रामधुलाई गरेर लखेटेका थिए। त्यसपछि सिउदेल त मुगलानै पसेछ। यो चौतारी यस्तै हो केटा, मया लागे बेस्किनीको मया गर्छन्, मया नलागे फुट्या' आँखाले पनि हेर्दैनन्। अबदेखि चौतारी बिगार्ने काम गर्दिन भनेर काका र जिम्मालसंग माफ माग् त, सप्पै ठीक भईहाल्छ। हाम्रा गामका पाका-बयोवृद्ध भनेका तीनै हुन्।
Read Full Discussion Thread for this article