Posted by: symlyn March 23, 2006
Finally CAN'06 kicks off
Login in to Rate this Post:     0       ?        
क्यान इन्फोटेक भएको पनि १२ बर्ष भएछ है!!!! तर साच्चि भन्नु पर्दा होटल ब्लु स्टारमा हुदाँ जस्तो क्यान बीआईसीसीमा रमाईलो चाहि लाग्न छाडेको छ मलाई। वास्तवमा त्यो बेला मुलभुतरुप 'टेक्नोलोजी'लाई प्राथमिकता दिइथ्यो भने पछिल्लो दिनमा त क्यान र माछा बजारमा खासै फरक देख्दिन। जेसुकै पनि 'स्टल' रे - त्यसतो पनि हुन्छ। स्टल भन्ना साथ याद आयो, नेपालीनक्स विकास गरेर केही महिना अघि चर्चामा आएको मदन पुरस्कारको नेपाली भाषा कम्प्युटिङ प्रोजेक्टलाई त क्यानले पाखा लगाएको रहेछ। आजको अंग्रजी हिमालय टाइम्समा लेखिएको थियो - क्यानले मपुपुलाई भित्र स्थाननै दिएन रे। क्यानले मागे जति रकम मपुपुले तिर्न नसकेकोले स्थान नपाएको हो अ रे। गहन कुरो - यो क्यानले यो मेलामा उठाएको रकम के मात्र गर्छ?? क्यानको क्लोजिङको दिन टन्न जाँँड खाने र ख्वाउने बाहेक क्यानको योगदान त मैले केहि पनि देखेको छैन। क्यानले गरेको समाजिक योगदान के के छन्???
Read Full Discussion Thread for this article