Posted by: jeevan30 March 21, 2006
प्रधान कार्यालयमा प्रहरीलाई चारपाटा मुुडी कुुटपिट
Login in to Rate this Post:     0       ?        
जीउभरि नीलडाम लिएर आएका उनी युुद्ध क्षेत्रबाट फर्केका सिपाहीजस्ता देखिएका छन् । टाउको अर्धमुुण्डन गरेको देख्दा लाग्छ उनले कुुनै मध्ययुुगीन शासकहरूबाट सजाय पाएका हुन् । केन्द्रीय प्रहरी बैन्ड गुुल्मका सई होमबहादुुर बगाले आफूलाई प्रहरी प्रधान कार्यालयमा सजाय दिई यो रूप पारिएको बताउँदै मंगलबार अपराह्न कान्तिपुुर कम्प्लेक्समा शरण माग्दै आइपुुगेका थिए । आफ्नो परिचय दिंदै उनले संवाददाताहरूसँग भने- 'मलाई प्रहरी प्रधान कार्यालयमा कुुटपिट र दुुव्र्यवहार गरियो । प्रहरी हाकिमहरूको हातबाट मर्न नपरोस् भनेर म यहाँ भागेर आएको हुुँ ।' युनिर्फममा रहेका उनका लुगामा पूरै हिलो र धूलो लागेको थियो । 'मैले मेरा हाकिमहरूको भ्रष्टाचारविरुद्ध बोलेका कारण हैरानी र यातना पाउँदै आएको छुु,' उनले भने- 'त्यसपछि मैले राजीनामा दिएँ । त्यसको स्वीकृतिपत्र लिन प्रधान कार्यालय जाँदा संगठनको बदनाम गरेको भन्दै पिट्न थाले ।' उनी धुरुधुरु रोइरहेका थिए । उनका अनुसार प्रहरीले यातना दिँदा 'माओवादी' र 'गद्दार' भनेर गाली गरेका थिए । उनले संवाददाताहरूसँग कुुरा गरिरहेकै बेला नाटकीय रूपमा वडा प्रहरी वानेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा एक टोली आएर कठालोमा समातेर लग्यो । पक्राउपछि उनलाई भ्यानमा कोच्दै जवानहरूले अभद्र व्यवहार गरेका थिए । त्यो व्यवहारको प्रतिवाद गर्दै बगालेले भने- 'यसरी नहान्नुुस् न, म पनि तपाईंहरूजस्तै हो ।' कान्तिपुरको गेटबाट निकालिँदा उनी भनिरहेका थिए- 'मलाई यिनीहरूले मार्छन् ।' २३ वर्ष सेवा गरेका बगाले भन्दै थिए- 'अरूले अन्याय सहेर बसेका छन् । मैले त्यहाँ हुुने गलत क्रियाकलापको विरोध गरेको हुुँ ।' पदीय आचरण नगरी अनुुशासनहीन काम गरेको भनी उनलाई प्रधान कार्यालयले मंगलबार भविष्यमा सरकारी नोकरीमा अयोग्य ठहरिने गरी बर्खास्त दियो । प्रधान कार्यालयले बगालेलाई पूर्वडीएसपी खड्गसिंह गुुरुङले ब्रुुनाईबाट ल्याएको २९ तोला सुुन बदनियतपूर्वक लिई नदिएको लगायतका अभियोगमा बर्खास्त गरिएको बताएको छ । 'यी सब झूटा आरोप हुुन् । मलाई त्यहाँभित्रका पोल खोलेको भनेर यस्तो कारबाही गरेका हुुन् । मसँग सबै प्रमाण छन्,' उनले भने । यसैबीच प्रहरी प्रवक्ता रमेशचन्द ठकुुरीले कान्तिपुुरलाई पत्र लेख्दै बगाले प्रधान कार्यालयमा रहँदा कोही कसैबाट कुुनै अभद्र अपमानजनक तथा अमानवीय व्यवहार नभएको, अवकाशपत्र बुुझाई ट्याक्सीमा पठाउँदाको अवस्थासम्मको भिडियोसमेत प्रधान कार्यालयमा सुुरक्षित रहेको जनाएका छन् । सामान्य अवकाश दिइएका व्यक्तिको किन त्यसरी भिडियो खिचियो भन्नेबारे पत्रमा उल्लेख नगरिए पनि ठकुुरीले बगालेबाट विगतमा जस्तै पुुनः 'नौटंकी' हुुन सक्ने भएकाले भिडियोसमेत खिचिएको बताउनुुभयो । बगालेले उपल्लो तहकाविरुद्ध हालेको मुुद्दा अदालतमा विचाराधीन छ । उनका वकिल माधव बस्नेतका अनुुसार, करिब ४ वर्षअघि केन्द्रीय प्रहरी ब्यान्ड महाराजगन्जका प्रमुुख खड्गसिंह गुुरुङले विमानस्थलमा ३५ तोला सुुन लिन जानुु भनेका थिए । उनले 'म यस्तो काम गर्दिनँ' भनेर नमानेपछि 'पख्' भनेर चेतावनी दिए । त्यसको पाँच दिनपछि एक्कासि उनलाई हनुुमानढोका जानुु भनियो । त्यहाँका प्रहरी अधिकृतले पिटेर हिरासतमा लिए । उनकी श्रीमतीले पाटन पुुनरावेदन अदालतमा मुुद्दा हालेपछि उनी अदालतको आदेशले रिहा भएका थिए । त्यसपछि उनले यातनाविरुद्ध जिल्ला अदालतमा प्रहरी अधिकृतहरू कुुवेरसिंह राना, गंगा पन्त, यज्ञविनोद पोखरेल र खड्गसिंह गुुरुङविरुद्ध क्षतिपूर्तिको मुुद्दा हालेका थिए । यही फागुुन २९ गते उनले राजीनामा दिएका थिए । केन्द्रीय प्रहरी ब्यान्डले राजीनामाको विवरण मनासिब भएको भनेर प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र प्रतिष्ठानले प्रहरी प्रधान कार्यालयलाई पत्र पठायो । उनले चैत ४ गतेसम्म हाजिरसमेत गरेका थिए । ५ गते शनिबार परेको र ६ गते कार्यालय जाँदा हाजिर गर्न दिइएन । सोमबार उनी प्रहरी हाकिमकहाँ जाँदा 'क्षतिपूर्ति मुुद्दा फिर्ता ले' भनिएको थियो ।
Read Full Discussion Thread for this article