Posted by: Gautam B. March 21, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
बिर्खेजी, कविताको समय छोरीले खोसेर लगेकी छे क्या अचेल! फेरि बिस्तारै थाल्नु पर्ला। नवप्रयोगीजीले भनेजस्तै तपाईँको कविताको स्तर, प्रवाह र शैली निश्चयपनि सबैभन्दा प्रशंशनीय छ । सहृदयीको नाताले एउटा सानो सुझाव; कवितालाई सकेसम्म छोटो र सटीक बनाउनुस्। कहिलेकहिँ तपाईँका कविता अलिक बढी DESCRIPTIVE (भावप्रधान निवन्ध जस्तो) भएझैँ लाग्छ मलाई। कविताको चोरी आदिको बारेमा कुरो उठ्यो। मैले पनि मेरा कविताहरुलाई संग्रह गरेर राखेको छु। यसबीचमा मेरो "परदेशी"को नक्कल गरेर कसैले अर्को अड्डामा टाँसेको कुरा औँल्याइदिनु भयो साथीहरुले। "परदेशी" अनेसास-जापानको कार्यक्रममा पहिल्यै प्रस्तुत भईसकेको कविता भईसकेकोले यसको प्रामाणिकतामा समस्या नहोला। मैले बुझ्न चाहेको, साझामा मात्रै प्रकाशित हाम्रा कविता अथवा अन्य रचनाहरुको बारेमा कतै विवाद उठ्यो भने साझामा टाँसिएको मितिलाई आधिकारिक प्रमाणको रुपमा पेश गर्न सकिन्छ कि सकिँदैन?
Read Full Discussion Thread for this article