Posted by: nepalean March 21, 2006
short story!!
Login in to Rate this Post:     0       ?        
देशमा अशान्ति बढे पछि सुकबहादुरको सरुवा बिर्तामोडमा भयो । परेवाका जोडि झै सुकबहादुरकी पत्नि पनि संगे बिर्तामोड गइ । पहाडको हावापानिमा हुर्केकि, आफ्नो लोग्ने संग नछुटिन पर्दा तराइको पानि पनि उसलाइ राम्रै लागेको थियो । दु:खमा पनि हास्ने लोग्ने पाएर उ तेसै तेसै दंग हुन्थि । डेरा भाडा, खाना र अन्य खित्मित्रिङ बाट बचेको पैसा सुकबहादुरले घर पठाइदिन्थयो । थोरै भए पनि छोराको आर्जन खान पाउदा सुकबहादुरका बा आम दंग परेका थिए । देश र जनतालाइ सुरक्षा दिने भनेर सुकबहादुर दिन रात डियुटिमा खटिरहन्थ्यो । अघिल्लो पटक युद् बिराम हुदा सुकबहादुर दङ्ग थियो । त्यो भन्दा खुसि त उसकी जहान खुसी थिइ । सुकबहादुर भन्थ्यो अब देशमा शान्ति आउछ कि ? अनेक बहानामा देशै हल्लाउने बुद्दि त उ संग थिएन, तर अर्हाएको कुरा गरिहाल्थयो र खटाएको ठाउमा उसको ठुलो बेतको लठ्ठि लिएर पुगिहाल्थ्यो । आज बिहान पनि उ उसको ठुलो लाठो लिएर डिउटीमा खटिएको थियो । अलि अलि जाडो, झुल्के घाम संगै हसिलो मुख लिएर डिउटि गर्ने ठाउ वरिपरी आखा डुलाइ रहेको थियो । कोइ बुडा मान्छे देखे नि आफ्नि बा हुन कि भनेर झुक्किनथ्यो , कतै बुढि आइमाइ देख्यो भने आफ्नै आमा हुन कि भन्ने ठान्थयो । बा आमाको कल्पनामा डुब्दा डुब्दै उ बेस्सरि झस्कियो । उसका अगाडि केहि हुल मान्छेहरु बन्दुक र मेसिन गन लिएर देखा परे । सैनिक पोसाक लगाए पनि उनिहरु सैनिक नभएको सुकबहादुरले मेसो पायो । राइफलको अगाडि त्यो एउटा लठ्ठिले कसरी शान्ति कायम राख्ने, उसको 'शान्ति सेवा सुरक्षणम' संकटमा पर्यो । उसले बेस्सरी लस्टठ पक्ड्यो । बिचार गर्यो के गर्ने - उसको बिचार को संचार संगै उसको अगाडिबाट चलेको गोलिले उसले संसार छोड्यो । न त बा आमा भन्न पायो न त पानी नै । न त आफ्नि पियारीलाइ सम्झन पायो । उता उसकि पियारी पानि बिनाको माछा जस्ति भइ ।नेपाली जनतालाइ शान्ति दिलाउने रोजगारीबाट केही नेपाली जनताले उसलाइ सधैको लागि अवकाश दिए ।
Read Full Discussion Thread for this article