Posted by: Bhaute March 21, 2006
CHAUTARI XI
Login in to Rate this Post:     0       ?        
सिरे कता गएछन् भनेको त उपन्यास लेख्दै बसेका छन् रे। अस्तेरु कुर्कुच्चै मकै बोकेर ठस ठस कन्दै मेरा मिलाँ पिन्न ल्या'का थे। म फेरि अगिल्लो दिन रउसि ला'र आँगन मै लडेछु के रे रात भरि। फागुनका चिसाँ झन्डै आगन मै सेलाइएनछ भनम न अब। बिहान उठेसि कुक्लुक्क भोक लाओ, अनि भित्र हेरेको खानिकुरो पनि क्यै रैनछ। शिब सर्मा ब्राम्हणका घराँ जस्तो माकुराको जालो मत्रै जता ततै। गिल्टेका कचौराँ कहिले भुटेर राखेका मकै र'छन। मै त्यै टोक्दै बस्दै अरेको थेँ। मकै पिनेर सके पछि सिरे जवईँले " जमुनी सँग बिहे भा'सि हजुरलाई एउफेर खान बोलाम्ला भनेको कहिल्यै उछार मिलेन। आज हाम्रा घरतिरै भान्सा अरम जेठान।" भने। मलाई नि कस्का घराँ पसेर भातको कसौँडी चोरेर दुकुरम जस्तो भा'को। नाइ भन्नि त कुरो भएन। "लु हउर हिन्दै अर्नुस, म झर्दै अरम्ला" भनेर यसो गोठतिर पसेँ। गोठाँ पनि डाङ्नाहरुले हिजो देखि क्यै खान नपाका के रे, भोकले उभिन पनि नसकेर थुपुक्क बसेर थुतुनो थरीमा टेकाएर उसले उसको मुख, उसले उसको मुख हेर्दै टुर्लुक्क परेर बसेका रैछन। यसो पराल तानेर हाल्दिएँ गुन-गुन गीत गाउँदै झरेँ। " तिम्रा घर आम्न त मन लाउछ आउँथेँ तर बुइनि कै डर लाउछ" .... यसो आस्कोटाँ छामेको त एउटो हजमोला पनि रे'छ। हिजो रउसिको पैसो तिर्दा फिर्ता दिनी एक मोहोर पैसो न'भर धोबिनीले हजमोला भिडाकि रै'छे जस्तो माने। बैनि-जवईँकाँ मेजमानी खान जान ला'को, पेट त खालि गर्नैपरो, अलेलि पेटाँ भा'का कप्टेरा मकै पनि पचाम्न परो भनेर त्यै हजमोला चपाउँदै गएँ। तुलसीका मठनेर पुगेको त सिरे ढोका'ट फुत्त निस्क्यो, दुकुर्दै। सिरेको पछि पछि एउटा चिर्पटको अगुल्टो पनि फुत्त निस्किनु भो, र आगनमा बजारिनु भो। " हैन यो फागुन मासै के का लुतो फालेका हउ, जवईँ ? फेरि मुन्छे अगाडि अगाडि, अगुल्टो पछाडि पछाडि छ। लुतोले मुन्छे फाल्या हो कि चइनि मुन्छेले लुतो फाल्या हो?" भनेर सोधेँ। "मुइले हैन, जमुनिले" भन्छन के रे सिरे ले त। अनि त्याँसि ढोका'ट यसो भित्र छिरेर " हाम्ले त आगनका डिला'ट तलतिर फाल्थेम, तइँले त मझेरीअटै लुतो फालिछस् त जमुनि" भनेँ। "सप्पैलाई बिगार्ने यै भउते मुर्दार हो। मलाई सौतै हाल्न मुन लागेको भए क्यार्न गोरपुरमै घाँटी थिचेर मारेनौ, हँ ?" भन्दै जमुनिले त झ्याप्पै फलिकाको झिर थुतेर मै तिर जाइ लागि के रे। लु मार्नि भै डङ्किनीले त भनेर म पनि बाहिर निस्केँ। पछाडि हेर्दै भाग्न खोज्दा सिरे त गोठका खाबाँ ठोक्किए। जमुनीले भेट्टाइ भनि त छातिआँ झिर रोप्नि भइ। फेरि क्यै तल बितल पर्यो भने त आफ्नै बुइनी राँडी हुनि भै, भनेर सिरेका भन्दा पनि त्यै जमुनीका मयाँले सिरेलाई उठाएर दुबैजना भागेम। यसो माथि बिर्खेका बाङ्गे गरोतिर हेरेको त पुन्टेदाइ डिलाँ बसेर पेट मिची मिची हाँस्दै बसेका र'छन। भने'सि यि सप्पै किलकाँटा यै पुन्टेदाइका हुन भनेर थाहा भै हाल्यो नि। हुन त मनका पापी मुन्छे त हैनन यिनी। अस्तेरु माघे सक्रातिका मेलाँ पुन्टेदाइकी सालीलाई सिरेले आँखा झिम्क्याएछन के रे। त्यै भर त्यसैको रिस पोखेका होलान, जमुनिलाई भा'नभाका कुरा लगाइदिएर, उचालेर। बुढो-गोरु, आफूले नि क्यै नअर्नि, अरुलाई पनि नजिक पर्न नदिनी। बेला बेलाँ जमुनीले सिरेको यसै अरि हुर्मत लिन्छे के रे। त्यै भ'र नेपे दाजिको त्यो च्यात्न नसकेको चिठी" भन्ने किताप पढेपछि सिरेले पनि किताप लेख्नी बिचार अरेछन। जमुनीका चिठी त सिरेले काँ'ट पाउनु र बरा। त्यै भर सिरे ले चै " च्यात्न नसकेको जगल्टा " भनेर आफ्नो कथा हालेर उपनेस लेख्दैछन। १-२ दिन मै यै चौतारीमा सुरु अर्छन होला, कथा सुनाउन। लु अब "च्यात्न नसकेको जगल्टा" सुन्नको लागि हाताँ भए फूलपाति नभए लालपाति लिएर बसम सईँहुर। :-) :-) -भउते
Read Full Discussion Thread for this article