Posted by: newuser March 21, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
बिर्खेजी साझामा कविता लेख्ने त धेरै नै छौं तर तपाईका कविताको स्वच्छन्द वहाव, सरलता र मिठास वेग्लै र विशिष्ट छ। जुन गति र स्वच्छन्दताका साथ लेखिरहनुभएको छ त्यस अर्थमा कम्तिमा मेरा लागि तपाईं साझाका एक नम्बर कवि बन्नुभएको छ (अरु कवि, कवयित्रीहरु पनि कम चैं हुनुहुन्न तर)। यो काव्य यात्रालाई कायम राख्नुहोला र आफ्ना सवै सृजनालाई जोगाएर राख्नुहोला, मूख्य रुपमा चोरी, नक्कल हुन नदिइकन। तपाईंको आफ्नै योजना नै होला पछि कवितासंग्रह प्रकाशित गर्ने त। अहिलेलाई तपाईंको काव्यकुशलताको एकबाजी प्रसंशा नगरिरहन सकिन। 'सबै पिएको हैन मैले, आधि गिलाँस त छचल्किएरै पोखिएको हो। तिमीलाई बिश्वास छैन, आँखा त मेरो पहिले नै लाल थियो, किनकि म पहिला आँखाले पिउने गर्थेँ! अहिले त्यो लालि मेटाउन पिउँदै छु।'
Read Full Discussion Thread for this article