Posted by: Gautam B. March 21, 2006
Login in to Rate this Post:
0
?
कविताको देशको यात्रामा फेरि समाहित हुँदै छु। धेरै नया सहयात्रीहरुले एक से एक रचनाहरु पस्किरहनु भएक छ। नुइटेका छोटा तर गहन भावमय कविताको ईर्ष्या लाग्छ। यसबीचमा नवप्रयोगीजीले राख्नुभएको कविताले पनि मन छोयो। जिम्मालको 'मदिराको प्याला' पनि जति पिए पनि नसकिने रहेछ।
नेपालको छोराको कविताले समसामयिकतालाई दर्शाएको छ। तर तलको हरफसंग भने अलिक असहमति छ मेरो;
"मिनिस्कर्टको युगमा हराईरहेका फरिया अनि चोलिहरु..."
फरिया र चोलीहरु हराउनु नराम्रो हो र? मलाई त राम्रो पो लाग्छ। हाम्रा दिदी-बहिनीहरु बल्ल पो गतिवान होलान् भद्दा फरिया र सारीहरुबाट मुक्ति पाएपछि। फेरि हामी नेपाली पुरुषहरुले दौरा सुरुवाल छोडेको कति भयो?यसमा चाहिँ नो कमेण्ट?
यो हरफ बिल्कूल काग भएको छ बकुल्लाको बथानमा!