Posted by: nepali kanchha March 19, 2006
little Buddha
Login in to Rate this Post:     0       ?        
तपस्वी भेटिए, फेरि हराए बाराको रतनपुरीस्थित चारकोसे झाडीमा १० महिनादेखि तपस्यामा लीन भई एक हप्ताअगाडि अकस्मात् बेपत्ता भएका तपस्वी रामबहादुर बम्जन आइतबार केही क्षणका लागि भेटिएका तर फेरि हराएका छन्। बाराबाट प्राप्त समाचार अनुसार बम्जन तपस्यास्थलभन्दा ३ किलोमिटर पर देखिएका थिए। उनलाई देख्नेहरुमा निरीक्षकसहितको प्रहरी टोली र अन्य रहेको बताइएको छ। उनीहरुले बम्जनको भिडियोसमेत खिचेका थिए। उक्त भिडियो केही दिनभित्र नै सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ। तपस्वी बम्जन हराएपछि उक्त समाचारलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले समेत प्रमुखताका साथ प्रसार गरेका थिए। 19 Mar, 2006
Read Full Discussion Thread for this article