Posted by: nepali kanchha March 19, 2006
Maobadi ...........
Login in to Rate this Post:     0       ?        
माओवादीद्धारा पनि समझ्दारी सार्वजनिक आइतबार, १९ मार्च २००६ सातदल–माओवादी विच भएको दोश्रो समझ्दारी सातपार्टीले सार्वजनिक गरेको केहीबेरको अन्तरालमा नेकपा माओवादीले पनि आईतवार अपरान्ह सार्वजनिक गरेको छ। काठमाडौँस्थित नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा भएको बैठक पछि सातदलले र अज्ञात स्थलबाट प्रचण्डले छुट्टाछुट्टै जारी गरेको समझ्दारीपत्रको व्यहोरा उही छ। समझ्दारीपत्र 'आन्दोलनको शक्तिले संसद्को पुनर्स्थापना गर्ने र त्यसको निर्णयले अधिकार सम्पन्न सर्वदलीय सरकार, माओवादीसित वार्ता र सहमतिका आधारमा संविधानसभाको निर्वाचन गरी पूर्ण लोकतन्त्र स्थापना गरेर नै देशमा विद्यमान द्धन्द्धको समाधान गर्न सकिन्छ र सार्वभौमसत्ता र राजकीय सत्ता पूर्ण रुपले जनतामा स्थापित गर्न सकिने' सात राजनीतिक दलहरुको प्रतिबद्धता र 'आन्दोलनरत लोकतान्त्रिक शक्तिहरुको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने र त्यसको निर्णयले अन्तरिम सरकार बनाई संविधानसभाको निर्वाचन गरेर उल्लेखित लक्ष्य हासिल गर्न सकिने' ने.क.पा.(माओवादी) को धारणा र प्रतिबद्धता पुनः उद्धृत गरिएको छ। जुन ७ मंसिरमा सम्पन्न १२ बुँदे समझ्दारीमा पनि उल्लेख छ। संविधानसभामा जाने वेग्लावेग्लै प्रक्रियाको विषयमा 'आन्दोलनरत सात राजनीतिक दल र माओवादीबीचमा सम्वाद चलाउँदै जाने र साझ्ा सहमतिको खोजी गर्ने' समझ्दारी बनेको छ। यो समझ्दारीको निम्ति सातदल र माओवादी नेताहरुविच तीन सातादेखि भारतको नयाँ दिल्लीमा बारम्बार वार्ता भएको थियो। त्यहाँ भएको प्रारम्भिक सहमतिको बारेमा काठमाडौमा सातदलका शिर्ष नेताहरुको शुक्रवार र आईतवार सम्पन्न बैठक पछि दुईपक्षले आईतवार दोश्रो समझ्दारी सार्वजनिक गरेका हुन्। समझ्दारीमा सात दलको तर्फवाट नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका कार्यवाहक महासचिव अमृतकुमार बोहरा, नेका प्रजातान्त्रिकका शेरवहादुर देउवा, जनमोर्चा नेपालका उपाध्यक्ष लीलामणि पोखरेल, नेमकिपाका अध्यक्ष नरायणमान विजुक्छे, नेपाल सदभावना पार्टी आनन्दीदेवीका महासचिव राजेन्द्र महतो र संयुक्त वाममोर्चाका अध्यक्ष नन्दकुमार प्रसाइको तथा नेकपा माआवादीका तर्फवाट अध्यक्ष प्रचण्डको हस्ताक्षर छ।
Read Full Discussion Thread for this article