Posted by: nepali kanchha March 19, 2006
Naka bandhi Firta
Login in to Rate this Post:     0       ?        
नाकाबन्दी र नेपाल बन्द फिर्ता आइतबार, १९ मार्च २००६ नेकपा माओवादीले हाल गरिरहेको नाकाबन्दी र २१ चैतदेखि गर्न लागेको देशव्यापी अनिश्चितकालीन आम हड्ताल' (नेपाल बन्द) फिर्ता लिएको छ। ६ चैत अपरान्ह माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराइले एक संयुक्त वक्तव्य जारी गरी त्यसको जानकारी गराएका हुन्। वक्तव्यमा भनिएको छः “सात राजनीतिक दलहरू, नागरिक समाज, विविध पेशागत संगठनहरू र आम जनसमुदायको आग्रहको समेत उच्च कदर गर्दै हाम्रो तर्फबाट चैत्र १ गतेदेखि जारी नाकावन्दी र चक्काजामको कार्यक्रम यही चैत्र ७ गतेदेखि लागू हुने गरी फिर्ता लिएको र हाम्रो तर्फबाट घोषित अन्य सबै संघर्षका कार्यक्रमहरू पनि फिर्ता लिने निर्णय भएको सार्वजनिक जानकारी गराउँदछौँ।” सात राजनीतिक दल र माओवादीबीच हालै सम्पन्न दिल्ली वार्तामा भएको समझदारी अनुसार दलहरुले माओवादीलाई आम हडताल फिर्ता लिन अनुरोध गरेपछि माओवादीको यो वक्तव्य प्रकाशमा आएको हो।
Read Full Discussion Thread for this article