Posted by: hit_keta March 16, 2006
१९ जेठमा के गर्दै थिए ती अमेरिकी?
Login in to Rate this Post:     0       ?        
नेपालको राजदरबारमा १९ जेठ २०५८ को रात वास्तवमै के भएको थियो? के त्यो खुनी कूमा बुश प्रशासनको पनि हात थियो? नारायणहिटी आमहत्या काण्डको केही दिन पहिलादेखि बौद्धस्थित हायता होटेलमा केही मशलदार अमेरिकीहरू बसेका थिए। उनीहरूले आफू पाटनमा एउटा अस्पताल बनाउन आएका भनेर बताए। तर दरबार हत्याकाण्डपछि उनीहरू हराए, फेरि कहिल्यै देखा परेनन्। नेपालको राजदरबारमा १९ जेठ २०५८ को रात वास्तवमै के भएको थियो? के त्यो खुनी कूमा बुश प्रशासनको पनि हात थियो? नारायणहिटी आमहत्या काण्डको केही दिन पहिलादेखि बौद्धस्थित हायता होटेलमा केही मशलदार अमेरिकीहरू बसेका थिए। उनीहरूले आफू पाटनमा एउटा अस्पताल बनाउन आएका भनेर बताए। तर दरबार हत्याकाण्डपछि उनीहरू हराए, फेरि कहिल्यै देखा परेनन्। कालो अधिराजकुमार (ज्ञानेन्द्र) सो रात पोखरामा उनको संरक्षण आयोजनाको रेखदेख गर्दै थिए भनेर हल्ला गरियो। वास्तवमा उनी सो रात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुनी कूको समाचार पर्खेर बसेका थिए। आफ्नो ज्यान जोगाउन भागेर शाही नेपाली सेनाको बालाजु ब्यारेक पुगेका तत्कालीन युवराज दिपेन्द्रलाई उतै समातेर कैद गरिएको थियो। तत्कालिन शाहज्यादा पारस र सेनाका केही अधिकृतहरूले हत्याको काम गरेका थिए। वीरेन्द्रका अंगरक्षक तथा पारसको हत्यारा समूहवीच भीषण गोली हानाहान भएको थियो। मृत कर्मचारीका शबलाई राति नै हेलिकप्टरमा राखेर नेपाल-भारतको सिमानामा पर्ने एउटा नदीमा लगेर गाडियो। सो हत्या काण्डका धेरै प्रत्यक्षदर्शीलाई सोही रात मारियो, बचेकाहरू आज नेपालमै छैनन्। जति नेपालमा बस्छन्, उनीहरू अझै त्राशमुक्त छैनन्। पारसले हत्याको सारा काम गरिरहेको बेला ज्ञानेन्द्र विमानस्थलमा बडो अधैर्यपूर्वक समाचार पर्खेर बसिरहेका थिए। योजना असफल भए तुरन्तै विदेश भाग्ने योजना थियो उनको। दिपेन्द्रलाई वीरेन्द्रको हत्या नहुञ्जेल जीवित राखिएको थियो। अर्थात् उनका पिताको हत्या भएपछि मात्र दिपेन्द्रलाई मारियो। कथंकचदाचित हत्याकाण्ड असफल भएको खण्डमा बार्गेनिङ्का लागि प्रयोग गर्न दिपेन्द्रलाई पछिसम्म जीवित राखिएको हो। एउटा प्रश्न के हो भने, के ती अमेरिकीहरू नेपालमा मात्रै घुम्नलाई गएका थिए वा नियोजित हत्याकाण्डमा पनि सहभागी थिए? बेलायत र भारतको पनि सो हत्याकाण्डमा संलग्नता हुनुपर्छ, तर उनीहरूले आफूलाई चलाखीपूर्वक टाढा राखे। वास्तवमा भारत पनि एक हिन्दूबाहुल्य मुलुक हो भने विरेन्द्र एक हिन्दू राजा थिए। त्यस्तै नेपाल र बेलायतका राजपरिवारवीच लामो सम्बन्ध थियो। विरेन्द्रले विद्रोही माओवादीविरुद्ध कहिल्यै शाही नेपाली सेनालाई परिचालन गर्न मानेनन्, जसको परिणाम जेठ १९ को कूसम्म हुन पुग्यो। ज्ञानेन्द्रलाई शाही नेपाली सेना, जर्ज डब्लु बुश, टोनी ब्लेयर र भारतीय हिन्दूवादी सरकारको समर्थन थियो। अहिले नेपाल-भारतको सिमानादेखि लो-मुस्ताङ् जोड्ने सडक बन्दै छ। चीनको स्वशासित प्रान्त तिब्बतको ठीक सामुन्ने पर्ने लो-मुस्ताङ्ले चीनमाथि हमला गर्ने सामरिक महत्व राख्छ। सन् १९६९-७० मा सीआईएले त्यही लो-मुस्ताङ्‌मा आधार इलाका खडा गरेको थियो र ऊबाट प्रशिक्षित तिब्बती खम्पा विद्रोहीहरूले चीनिया सेनामाथि आक्रमण गरेका थिए। चीनमाथि भविष्यमा हमला गर्ने लो-मुस्ताङ् एउटा सामरिक महत्वको बिन्दू हो। ज्ञानेन्द्र नेपाली सद्दाम हुसैन हुन् जसले आफू राजा बन्न आफ्नै दाजु र परिवारका अन्य सदस्यहरूको हत्या गरेका छन्। यसमा अमेरिकाको संलग्नता कतिसम्म थियो, त्यो कुरा प्रकाशमा आउनै पर्छ। हामी अमेरिकालीहरूको खुनी इतिहासमा एउटा अर्को अध्याय के थपिएको छ भने हामी एउटा हेरोइन तस्कर, हत्यारा तथा तानाशाहलाई सहयोग गर्‍यौं र गरिरहेका छौं। नेपाललाई सधैँ माया गर्ने म एउटा अमेरिकी हुँ, तर मेरै मुलुकको सरकारले बुद्धको देशमा रगत बगाउन हात अघि बढाएको देख्ता म नराम्ररी झस्किन्छु। अमेरिकी विदेश नीतिले नेपाललाई ध्वस्त पारेको छ। मन्दिरै-मन्दिर भएको शान्त देशको आकाशमाथि लडाकू अमेरिकी हेलिकप्टर उडिरहेका छन्। हामीले त्यसैगरी ओसामा (विन लादेन) हरू जन्मायौं, आतंकवाद जन्मायौं र विश्वभर घृणै-घृणा कमायौं। भन्नुस्, विरेन्द्रले हाम्रो के नोक्सान पुर्‍याएका थिए? नेपाली जनताले उनीहरूका राजा-रानीलाई माया गरेका थिए। जुन दिन नेपाली जनताले दरबार हत्याकाण्डमा अमेरिकी संलग्नताका बारेमा साँचो कुरा जान्ने छन्, त्यो दिन हामीलाई असाध्यै घृणा गर्ने छन्। जोसेफ पिट्री "द किङ् अफ नेपाल" पुस्तकका लेखक हुन्। अनुवादः सुप्रभात नेपाली
Read Full Discussion Thread for this article