Posted by: Poonte March 9, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
भो त अब? यि अल्लारे ठिटा ठिटीहुर नि यो बुठो माथि के के आई लाउँछ, के के! तो के जाति मास्टरनी नानी को नाउ आफैले पत्तो लाम्न सकेम त मरिजाम। मेरो पाल, अईमईको नाउ अइमईले नै जान्दो हो भुनेर सुटुक्क सोध्न गईं मेरी धोबिनीलाई। “तेस्सिम्या पात्तेको बुढो! तरुणीहुरको नाउ किन जान्न परो तलाईं? तेस्को नाउ जे भएनि मास्टरनी भुने पुगेन तँलाई? ह्याँ हेर, ह्याँ! बुढेसकालाँ अन्धिन लाको तेरो आँखा फोडिदिम्?” भन्दै चुलाँ रन्केको झिरले मेरो आँखा ताक्छे बा! मु त पुतपुतै भागें त्याँट, सुईंकुच्चा ठोकेर! स्याँ स्याँ अर्दै तो उकालो काटुन्जेल अझै चिच्याईरा’थि गर्धन फुल्लाउँदै, “नाम रे? अरु के जान्न परो तलाईं? बौ को छोरो होस् भने ह्याँ मुन्टी, ए बुढो! चिरेको दाउरोले तेरो खप्पर दुई ठुन्का पारेर ठहरै बनाएसि भन्दिम्ला तलाईं तेस्को थर, गोत्र, सब जाति!” मेरिबास्सै! ए गाम्ले हो! के बोक्सी चढो हो तो धोबिनीलाई? क्यार्नु? काकाको संगतले आफूले नि अरु कोई भेटाम्ला कि भुन्ने आस थो के रे। सुध्रेछु मु त भुनेर उल्टो मुलाई हकार्‌यो बज्जेले नि! मुया नि आम्छ फेरि तै धोबिनीको! चण्डेश्वरीको पुजा अर्न नपुगेको हो कि न मुलाई? अनि धोबिनीको ज्यानाँ उत्रेर मुलाई रिस देखाम्दो हो। पञ्च बलि अर्न परो के रे चण्डीको नामाँ। कोई पञ्चे छम् कि हाम्काँ? चण्डीलाई बलि नि हुनि, आफ्नो रउनिति को धोको नि चेट्! साँच्चै, भउतेको कुरो अर्कै छ फेरि। पछि सुनाम्दै अरम्ला!
Read Full Discussion Thread for this article