Posted by: once in a while March 7, 2006
Every Nepali must know.
Login in to Rate this Post:     0       ?        
रु.५० अर्ब यताउता सामान्यतया 'भैपरी' र 'अर्थविविध' त्यस्ता शीर्षक हुन् जसबाट तत्काल आवश्यक परेको कामकुरामा रकम खर्च गर्न सकिन्छ। तर, पछिल्लो चार वर्षमा यो शीर्षकबाट पैसा झिकेर राजालाई मोटर किन्नदेखि, उनकी छोरीको बिहे र नातिको पास्नी गर्नसम्म खर्च गरिएको छ। विज्ञहरूका भनाइमा, दैवी–प्रकोप, प्राकृतिक विपत्ति तथा आकस्मिक रूपमा आइपरेका काम–कारबाहीका लागि खर्च गरिने भैपरी र अर्थविविध शीर्षकबाट यो विघ्न रकम खर्च भएको यो पहिलोपल्ट हो। अर्थ मन्त्रालयको रातो किताब अनुसार, भैपरी यस्तो शीर्षक हो जहाँ कहिल्यै रकमको अभाव हुन्न,आवश्यक भयो कि अन्य जुनसुकै शीर्षकबाट रकमान्तर गरेर त्यसमा ल्याउन सकिन्छ। आर्थिक ऐन–नियमको यही लचकताको फाइदा उठाएर यो विघ्न रकमान्तर गरी मनलागी खर्च गरिएको हुनसक्छ। पछिल्ला चार वर्षमा आकस्मिक रूपमा त्यति ठूलो रकम खर्च गर्नुपर्ने गरी कुनै प्राकृतिक प्रकोप परेका छैनन्। भएको केही प्रकोपमा पनि त्यति ठूलो रकम खर्च भएको देखिँदैन। तेह्रथुमको म्याङ्लुङ बजारमा २०५९ सालमा भएको आगलागीका पीडितलाई सहुलियत व्याजमा प्रतिपरिवार रु.५ लाखका दरले ऋण उपलब्ध गराउने भनेर अहिलेसम्म रु.२५ हजार मात्र दिइएको छ। पूर्वाञ्चल भ्रमणमा राजाले अग्निपीडितलाई सहायता गर्ने घोषणा गरेपनि म्याङ्लुङवासीले त्यसको अनुभूति गर्न पाएका छैनन्। पूर्व अर्थसचिव डा. विमल कोइरालाको अनुभवमा, विकास निर्माणका लािग छुट्याइएको पैसा रकमान्तर गरेर अन्य शीर्षकमा खर्च गर्नु सामान्य मानिन्छर कहाँ कति खर्च भयो भन्ने थाहा पनि हुन्छ, तर भैपरी र अर्थविविधमा सारिएको रकम कहाँ कति खर्च भयो भनेर छुट्याउन गाह्रो हुन्छ। हुनपनि १–४ फागुन २०६२ का चार दिनमा मात्रै 'एकीकृत विकास' शीर्षकबाट रु.७ करोड ९६ लाख रकमान्तर गरी भैपरीमा हालेको देखिन्छ। सरकारी खर्च प्रणालीमा आइपर्ने सबै काम गर्न बजेटमा छुट्टाछुट्टै शीर्षकहरू हुन्छन् (हे. बक्स)। बजेट निर्माण हुनुभन्दा चार महिना अघिदेखि नै हरेक सरकारी कार्यालयले वर्षभरि आफ्ना लागि तलब खुवाउनेदेखि पत्रपत्रिका किन्ने, भवननिर्माणदेखि उत्पादन खरीद गर्नेसम्म कुन–कुन शीर्षकमा कति खर्च चाहिन्छ भनेर रकम माग गरेका हुन्छन्। हरेक काम गर्न छुट्टाछुट्टै शीर्षकमा रकम व्यवस्था हुँदाहुँदै पनि किन यति विघ्न रकम रकमान्तर गरेर 'भैपरी'मा लैजानु पर्‍यो भन्ने स्वाभाविक प्रश्न उठ्छ। करीब चार वर्षमा रु.५० अर्ब खर्च गर्न किन यो शीर्षकको प्रयोग भइरहेको छ? २०६० साउनदेखि २०६२ फागुन पहिलो सातासम्म कहिले कति रकम भैपरीमा लगेर खर्च गरियो भन्ने विवरण यस्तो छ (हे.बक्स)। पूर्व अर्थसचिव डा. विमल कोइरालाको अनुभवमा, विकास निर्माणका लािग छुट्याइएको पैसा रकमान्तर गरेर अन्य शीर्षकमा खर्च गर्नु सामान्य मानिन्छर कहाँ कति खर्च भयो भन्ने थाहा पनि हुन्छ, तर भैपरी र अर्थविविधमा सारिएको रकम कहाँ कति खर्च भयो भनेर छुट्याउन गाह्रो हुन्छ। हुनपनि १–४ फागुन २०६२ का चार दिनमा मात्रै 'एकीकृत विकास' शीर्षकबाट रु.७ करोड ९६ लाख रकमान्तर गरी भैपरीमा हालेको देखिन्छ। सरकारी खर्च प्रणालीमा आइपर्ने सबै काम गर्न बजेटमा छुट्टाछुट्टै शीर्षकहरू हुन्छन् (हे. बक्स)। बजेट निर्माण हुनुभन्दा चार महिना अघिदेखि नै हरेक सरकारी कार्यालयले वर्षभरि आफ्ना लागि तलब खुवाउनेदेखि पत्रपत्रिका किन्ने, भवननिर्माणदेखि उत्पादन खरीद गर्नेसम्म कुन–कुन शीर्षकमा कति खर्च चाहिन्छ भनेर रकम माग गरेका हुन्छन्। हरेक काम गर्न छुट्टाछुट्टै शीर्षकमा रकम व्यवस्था हुँदाहुँदै पनि किन यति विघ्न रकम रकमान्तर गरेर 'भैपरी'मा लैजानु पर्‍यो भन्ने स्वाभाविक प्रश्न उठ्छ। करीब चार वर्षमा रु.५० अर्ब खर्च गर्न किन यो शीर्षकको प्रयोग भइरहेको छ? २०६० साउनदेखि २०६२ फागुन पहिलो सातासम्म कहिले कति रकम भैपरीमा लगेर खर्च गरियो भन्ने विवरण यस्तो छ - http://www.nepalihimal.com/2062/falgun-16-29/aabaran.html
Read Full Discussion Thread for this article