Posted by: Guruba March 7, 2006
Baburam With His Mother's Obituary
Login in to Rate this Post:     0       ?        
जेसुकै होस्, सम्झौता तोड्नुहुन्न केही कलमवीरहरूमध्ये एक स्तम्भ लेखक विमल निभाको राजासँग मिल्नुपर्छ भन्ने फागुन २० को सिउँडीको शीर्षकबाट प्रेरित हुँदै पाठकपत्र लेख्दैछु । सात दल र माओवादीबीच भएको १२ बुँदे सम्झौतालाई ऐतिहासिक कदम, शान्तिको प्रस्थानविन्दु, लोकतान्त्रिक अभियानको खुडकिलो आदिजस्ता उपमा दिएका थुप्रै लेख, भाषण पढियो । बार्‍ह बुँदामा के छ ? तिनको पालना के कति भएको छ ? किन हस्ताक्षर गर्ने दलका नेताबाट यसमा सुधार र परिमार्जनको आवश्यकता देखिएको छ ? समस्याको शान्तिपूर्ण निकासमा राज्यपक्षको सहमतिविना कुन दिशाबाट शान्ति आउने हो ? थाहा छैन । एकतर्फ माओवादीलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन यो कदम चालिएको हो भनिन्छ, अर्कोतर्फ माओवादीबाट भएका हत्या, हिंसा र सहमतिको ठीक विपरीतका गतिविधिहरूप्रति साझेदार पार्टीमा मौनता छ । यस्तो अन्योललेे को कुन धारमा जान लागेको हो र यसबाट कस्तो उपलब्धि हासिल हुने हो ? भविष्यले मात्र बताउने देखिन्छ । एकछिन लागौं एउटा रोचक अन्तर्वार्तातर्फ । लोकतान्त्रिक खेमाका एक बुद्धिजीवी उर्फ अधिकारवादी उर्फ स्रष्टा उर्फ नागरिक समाजका स्वघोषित सदस्य श्रीकलमवीरसँग गरिएको रोचक कुराकानी ः प्र ः १२ बुँदे समझदारीबारे तपाईंको धारणा ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः सात दलकै नेताहरू मध्येका केहीले १२ बुँदामा आफनो मतान्तर छ भन्छन् नि ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः समझदारीको एउटा बुँदामा पार्टीका नेता-कार्यकर्ताबाट खोसिएको सम्पत्ति फिर्ता गर्ने कुरा छ नि, कति फिर्ता भए केही तथ्यांक छ ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः लोकतान्त्रिक दलका कार्यकर्ताको अपहरण र हत्या नगर्ने भनिए पनि त्यो बन्द त भएको छैन नि ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः निहत्था जनताको अपहरण, चन्दा आतंक त जारी नै छ नि ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः पोखराको व्यस्त बजारमा सर्वसाधारण पर्नेगरी बम पड्क्यो, काठमाडौंमा आफ्नो रोजीरोटीका लागि मजदुरी गरिखाने ट्याक्सी चालकको हत्या भयो नि, यसले के सन्देश दिन्छ ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः कर्मचारी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको अपहरण बन्द हुनुपर्ने होइन र ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः माओवादीले रोल्पाको घर्ती गाउँमा जबर्जस्ती बाटो खन्ााउँदा तीनको मृत्यु भएको समाचार छापिएको छ नि ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः राजाले हिजो दलहरूको कमजोरीको फाइदा उठाएर आज सत्ता लिए, माओवादीले दलहरूको आजको कमजोरीको फाइदा लिएर भोलि सत्ता लिए भने के हुन्छ ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः संवाद नै नगरी सडकबाटै सबै समस्याको निराकरण खोज्दा देशले कति मूल्य चुकाउनुपर्ने हो, त्यसको अनुमानित आँकडा छ ? उ ः जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । प्र ः देश संवाद, समझदारी र शान्तितर्फ अघि बढे केही कलमवीर र अधिकारवादीको डलर खेती नै बन्द हुन्छ भन्छन् नि ? उ ः हो, त्यसैले जेसुकै होस्, सम्झौता तोड्नुहुन्न । - वान्टन मैनाली काठमाडौं
Read Full Discussion Thread for this article