Posted by: world_map March 7, 2006
bhaute lai khoji pau
Login in to Rate this Post:     0       ?        
Lol..पून्टे दाई र माईल्दाईले हँसाए। केनडाँडा, फागुन २३, साझापुर संवाददाता। केनडाँडा, अम्रिका, नेपाल, भारत लगायत विश्वको कुनाकाप्चामा धुरन्धर विद्वान् एवं गजल, कविता र दोहरीमा विद्यावारिधिका दावेदार श्री भौते काजीको व्यापक खोजी भैरहेको बेला हाम्रा गुप्तचर सुलसुले टपर्टुईँयाले एक सनसनीपूर्ण समाचार संकलन गरेका छन्। उनका अनुसार भौते काजी पून्टेकी साली सुश्री पून्टू मैयाँ सँग ईथियोपियाको राजधानी अदिस अबाबाको तीनसय किलोमिटर उत्तर पश्चिममा पर्ने पहाडि भेगमा केवल ढींडोको रोटी फलाहार गर्दै दोहोरी प्रतियोगितामा संलग्न छन्। सुश्री पून्टू मैयाँले आफूलाई दुर्गम स्थानमा दोहोरीमा हराउनेसँग मात्र बिहे गर्ने प्रतिज्ञा गरेकिले यसप्रकारको कठीन परीक्षा दिनु परेको भौतेकाजी खुसुक्क बताउँछन्। तैपनि पून्टू मैयाँ दोहोरीमा अत्यन्त पोख्त भएकीले उनलाई हराउने कुरामा चैं भौतेकाजी स्वयं पनि दुविधामा छन्। हेरम् के हुन्छ?
Read Full Discussion Thread for this article