Posted by: Birkhe_Maila March 6, 2006
Anybody form nepalgunj or surkhet in new york
Login in to Rate this Post:     0       ?        
म नेपालगंज या सुर्खेत बाट त हैन तर पनि सुर्खेतमा लगभग २ बर्ष जति बिताएको थिएँ रेडियो को स्टेशन खुल्ने समय तिर। शायद २०४५-२०४६ साल तिर होला। भर्खर जुंगाको रेखि बस्दै थियो त्यतिबेला। पश्चिममा बाङ्गेसिमल सम्म पुग्न भ्याएको थिएँ भने उत्तरमा दैलेख जाने बाटो हुँदै सिद्ध पाईला सम्म पाईला टेकेको थिएँ। पूर्वमा तत्कालिन झुप्रा खोला जलविद्धुत आयोजना सम्म पनि पुग्न भ्याएको थिएँ तर दक्षिणमा भने कांक्रेविहार सम्म मात्रै हो पुगेको! छिन्चुबाट केहि पर भेरि नदीमा भर्खर पुल हालेको थियो क्यारे त्यति राम्रो याद छैन। समग्रमा भन्नु पर्दा विरेन्द्रनगर एउटा सुन्दर ठाउँ हो मेरो लागि :)
Read Full Discussion Thread for this article