Posted by: kick March 6, 2006
Login in to Rate this Post:
0
?
सिरे केटोले चेपूआँ हात राखेर पक्क पर्दै अपूरका पुराना पिरेमका कथाहुर सुनो। एक पछि अर्को रमैला कथा सुनाए दम्तरीहुरले। ज्याद्रै जो आनन्द मानो सिरेले। त्याँट यस्सो लाएर आफ्ना बेलाआ रमैला नि सुनाम्न परो भनेर लाको त ए मेरी बास्सै, के अनौठो भओ, केइ छैनन के रे सुनाम्नि जस्ता कुरा!?
उफ!... हरे शिव! के भयो हँ यस्तो? आफै छक्क परो। आफैलाई धिक्कार्दै ‘एकबारओ जूनीआँ नि तेस्तातेस्ति रमैलो केइ अर्न पाओ रइन्चु गाँठे मैले त’ भन्दै पुराना दिनहुर सम्जिन खोजो।
..एक दुई एक दुई
एक दुई एक दुई
दायाँ फर्क
बायाँ फर्क
एक भन्दा बायाँ खुट्टा टेक!
दुई भन्दा दायाँ खुट्टा टेक!
....ए बरै, सिरेओ कुखुरे बैंश त मामाओ स्कूलाँ बोकै-बोकाहुरका माझाँ दिनरात परेड खेल्दा-खेल्दै पत्तै नपाइ सुइँकेच। कठै!