Posted by: Nepe March 5, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
"तर किन किन मलाई त झुर पो लाग्न थाल्यो।" साईल्दाईको रामकहानीको यो क्षण चाहि विशेष चाखलाग्दो छ, मनोविज्ञानको हिसाबले । यस झुर लगाईमा साईल्दाईको पहिलो साहसिक कदमप्रति ती किशोरीले देखाएको तिरस्कार/अस्वीकार को मात्रा पनि हुँदो हो, तर सहजप्राप्य वस्तुको महत्व कम लाग्ने मानव मनोविज्ञानको पनि अंश छ है त्यसमा । हुन त कसै कसैले त्यहि घटनालाई क्षतिपूर्तिको रुपमा अनुभव गरेर केहि आनन्द पनि लिदा हुन् । तर साईल्दाईलाई झुर लाग्नु चाहि अलिक intriguing छ र अलिक complex पनि ।
Read Full Discussion Thread for this article