Posted by: Birkhe_Maila March 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
एउटा बोध राख्दै छु! शास्वत सत्य- मेरो निन्द्रा खुल्छ; पर कतै चराहरु को चिरबिर सुन्छु, सधैँ झैँ मान्छेहरुको अश्पस्ट कोलाहल मेरो कानमा गुन्जिन्छ। मोटरको आवाज, अनि कतै कुनै मेशिन चलेको आवाज। घरमा मान्छे हिँडेको ‘डुङ डुङ’ को आवाज! मेरो झ्याल खुलै हुन्छ, कतै केहि पाकेको गन्ध आउँछ। कतै कसैले कसैलाई बोलाएको जस्तो सुन्छु र नयाँ दिनको लागि म तयार हुन्छु। यसरि प्रत्येक बिहान म बिउँझन्छु। यो जीवन रहेछ! फेरी एकदिन आउने छ, अबश्य! यसरी नै चराहरुको चिरबिर गुन्जिने छ, मान्छेले कोलाहल गरिनैरहने छन्, मोटर आफ्नै गतिमा दगुर्ने छ, कल पुर्जा आफ्नै सुरमा चल्ने छन्, तर म कहिले पनि ऊठ्ने छैन! मेरो निन्द्रा कहिले पनि खुल्ने छैन!!
Read Full Discussion Thread for this article