Posted by: spyboy March 5, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
सैनिक जीवन सैनिक बस्ने शिविरलाई काढे तारले घेर्छ त्यैसैले नै सैनिकको छुट्टै संसार हुन्छ बहिरबाट हेर्दाखेरी अति राम्रो लाग्छ तार भित्र पसेपछी ब्यथा अर्कै हुन्छ टाढाबाट हेर्दा भने तिर्खा मेटाउछ नजिकैमा आय पछी घाटी सुकाउछ घरमा गयो खबर जसै छोरो भर्ती भाको आमा रुन्छिन घुक्क घुक्क बाबु खुशी भाको भर्ती भैइ जा दाखेरी रुदै हाँस्दै जान्छ छ महिनाको तलिम मा भागऊ कि झै हुन्छ केही महिना बितेपछी चिट्ठी घरमा जान्छ तेही चिट्ठी को धाक जमाई बाउले रिन लाउछ नौ महिनाको तालिम सकी पल्टनमा जान्छ कसम खायपछी बल्ल पक्का लाहुरे हुन्छ कहाँ थियो किन अयो किन भर्ती भयो धन यौन बासनामा सबै विर्शी गयो
Read Full Discussion Thread for this article