Posted by: xsajha March 5, 2006
Login in to Rate this Post:
0
?
nepesahila wrote..........................
"सबको पिरेम कहानीले मलाई पनि मेरो कहानी याद आयो। कहानी त धेरै थिए तर एउटा चैं लप लेटर संबन्धि हास्उ ्दो खाले।
म ११ कक्षामा पढ्दाको कुरो हो। म सँगसँगै बसमा आउने जाने गर्नी एउटि केटि थिइन्। राम्री त राम्री तर म भन्दा पनि ुली। तर पढ्ने भने आ कक्षामा।
एक दिन बसमा घर तिर जाँदा भित्रै सम्म छिट्टा आउने गरी पानि परिरहेको थियो। त्यो छिट्टाले म भिजिरहेको थिएँ। तर सिटमा बस्ने मान्छे चाहिं मैले अनुरोध गर्दा पनि झ्याल लगाउनै मानिरहेको थिएन। मुलेलाई गर्मी भयो रे। अनि मैले पछि यस्सो दायाँ फर्केको उनीलाइ देखें। म र ऊ सँगै उभिरहेका रहेछौं। उनी पनि भिजिरहेकि थिइन्। यसभन्दा अघि मा कहिल्यै पनि उनी सँग बोलेको थिइन। पछि मैले उनीलाई अलि भित्र पट्टि सर्न मद्धत गरें, बसमा अत्याधिक भिंड थियो र उनको र मेरो जीउ नराम्रो सँग एकआपसमा टास्सिइरहेको थियो। तर मैले, उनले अन्यथा नसम्झिउन, भनेर मेरो स्कुलब्याग उनको र मेरो सम्बेदनशिल अंगको बिचमा राखेर अलि पछाडि हटिदिएँ। मेरो हिरोगिरी अलि बढिनै भएछ क्यारे, उनी त मलाई छन् झपार्न पो थालिन, "त्यो हात किन यता उता गरिरहेको, फेरि त्यो ब्याग किन बिचमा राखेको?" रे।
पछि मैले नै भनें, "हैन, मैले तिम्लाई अप् ्यारो लाग्ला भनेर राखेको।"
यति भयो। घर पुगे पछि त मलाई के भो के भो। उसैको मात्रै अनुहार याद आउन थाल्यो। सधै जसो देखिरहे पनि त्यो दिन देखि त राम्री राम्री पो लाग्न थाल्यो। त्यसको एक दुई दिन पछि आँटेरै मैले कुरा गर्न गएको त म आएको देख्ना साथै साथिहरु सँग हास्दै भागिन्। अरु एक दुइ पल्ट पनि त्यसै गरी भागी तर मैले अरु सँग कुरा गरेको चाहिं हेर्दै हाँसिरहन्थि।
भएन ब्रो, कि आयो, कि गयो, यो मुले निन्द्रा हराम गरेर केहि गर्नु छैन, भन्यो मेरो मनले। र एक दिन हलमार्कको कार्ड, स्विस चकलेटको प्याकेट बनाएँ। र बसमा भेट भो। दुबैजनाले हेराहेर गर्न थाल्यौं। उनी बस बाहिर आइन, म पनि आएँ। उनले मलाई नदेखे झैं गरि टेडो आँखाले मलाई हेरिरहेकि थिइन। मेरो मुटु उफ्रिरहेको थियो, तैपनि, म उनको नजिकै गएँ र भने, ".....ता, तिम्रो ब्याग खोल न, मलाई एउटा कुरा दिनु छ।" मेरो मनस्थिति रुमालको पोका, थप्पड, जुत्ता यस्तैको आसमा थियो। तर उनले भनिन्, "मैले तिमीलाई चिनेकै छैन, कसरी तिमीले दिएको कुरा लिने?"
म त अक्क न बक्क परें। हँ? के भन्ने अब? म पनि त्यस्तै मुर्ख। पहिले कुरै न गरी सिधै लपलेटर रेडि गर्नी। बढि बवाल होला भनेर मैले त्यो आफ्नै ब्याग भित्र राखें। अनि उसले मेरो एउटा साथीलाई मेरो बारेमा धेरै कुरा सोधिरहेको, मेरो नाम, घर कहाँ, सब उसलाइ थाह भएको र मैले पनि उनलाई चिनेको छु भनेर भनें। बस हिड्न लाग्यो र उनि अलि रिसाएझैं गरेर बस भित्र चढिन्। मलाई पनि कस्तो कस्तो लाग्यो। पछि मैले पनि किन हो किन उनको वास्तै गर्न छाडें। तर त्यसको १५ दिन जति पछि त उल्का पो भो। त्यो मेरो साथी मार्फत त उनले मलाई पो लपलेटर लेखेर प ाईछिन्। मिल्क चकलेट र हलमार्कको कार्ड। मेरै जस्तो। सायद पसल पनि त्यहि थियो होला। तर किन किन मलाई त झुरपो लाग्न थाल्यो। र अलि रिस पनि उ ्यो। त्यतिका दिन आर्कालाई तड्पाउने, अहिले आ'र चैंनी "यस" भन्नी? मैले बोल्नै छाडें। त्यहि बेला स्कुल पनि ट्राँसफर भयो र मेरो उनी सँग भेट पनि हुन छाड्यो। मेरो घरको फोनमा फोन गरिन् रे एक दुई पटक तर मैले उ ाउन पाइन र कथा यत्तिकै सिद्दियो।"