Posted by: damadol March 4, 2006
Darbar ko Bramha loot
Login in to Rate this Post:     0       ?        
रु.५० अर्ब यताउता २०५९ जेठमा प्रतिनिधिसभा विघटन गरेर शासन सत्तामा राजा सर्वेसर्वा हुनथालेपछिका करीब चार वर्षमा सरकारी खर्च प्रणालीमा कारण नखुलाई खर्च गर्न पाइने 'भैपरी' र 'अर्थविविध' शीर्षकबाट जथाभावी झ्िकिएको रकमको अङ्क रु.५० अर्ब पुगेको छ। यो रकम चालू वर्षको विकासका लागि छुट्याइएको रु.३७ अर्ब ३२ करोडभन्दा १३ अर्ब बढी हो। यसले राजस्व ढुकुटीको चरम दुरुपयोग भइरहेको मात्र होइन, मुलुकको सरकारी बजेट र खर्च प्रणाली नै तहसनहस भइरहेको देखाउँछ। • केदार सुवेदी चार वर्षमा भैपरीबाट खर्च भएको रकम आ.व. भैपरी अर्थविविध कुल (रु. लाखमा) ५९/६० ७३६९९ ६९११९ १४२८१८ ६०/६१ ३९२२९ ७४४९० ११३७१९ ६१/६२ ३१९५१ ६६१७३ ९८१२४ *६२/६३ ४११९५ १०३०४० १४४२३५ जम्मा (* आव ०६२/०६३ को विनियोजित रकम ।) ४९८८९६ स्रोतः अर्थ मन्त्रालयको रातो किताब किरण पाण्डे सामान्यतया 'भैपरी' र 'अर्थविविध' त्यस्ता शीर्षक हुन् जसबाट तत्काल आवश्यक परेको कामकुरामा रकम खर्च गर्न सकिन्छ। तर, पछिल्लो चार वर्षमा यो शीर्षकबाट पैसा झिकेर राजालाई मोटर किन्नदेखि, उनकी छोरीको बिहे र नातिको पास्नी गर्नसम्म खर्च गरिएको छ। विज्ञहरूका भनाइमा, दैवी–प्रकोप, प्राकृतिक विपत्ति तथा आकस्मिक रूपमा आइपरेका काम–कारबाहीका लागि खर्च गरिने भैपरी र अर्थविविध शीर्षकबाट यो विघ्न रकम खर्च भएको यो पहिलोपल्ट हो। अर्थ मन्त्रालयको रातो किताब अनुसार, भैपरी यस्तो शीर्षक हो जहाँ कहिल्यै रकमको अभाव हुन्न,आवश्यक भयो कि अन्य जुनसुकै शीर्षकबाट रकमान्तर गरेर त्यसमा ल्याउन सकिन्छ। आर्थिक ऐन–नियमको यही लचकताको फाइदा उठाएर यो विघ्न रकमान्तर गरी मनलागी खर्च गरिएको हुनसक्छ। पछिल्ला चार वर्षमा आकस्मिक रूपमा त्यति ठूलो रकम खर्च गर्नुपर्ने गरी कुनै प्राकृतिक प्रकोप परेका छैनन्। भएको केही प्रकोपमा पनि त्यति ठूलो रकम खर्च भएको देखिँदैन। तेह्रथुमको म्याङ्लुङ बजारमा २०५९ सालमा भएको आगलागीका पीडितलाई सहुलियत व्याजमा प्रतिपरिवार रु.५ लाखका दरले ऋण उपलब्ध गराउने भनेर अहिलेसम्म रु.२५ हजार मात्र दिइएको छ। पूर्वाञ्चल भ्रमणमा राजाले अग्निपीडितलाई सहायता गर्ने घोषणा गरेपनि म्याङ्लुङवासीले त्यसको अनुभूति गर्न पाएका छैनन्। भैपरीबाट राजदरवार गएको रकम ७ साउन ०६० २ करोड १ भदौ ५० लाख १ भदौ ३.५० करोड १८ भदौ २५ लाख ८ मङ्सिर १.०३ करोड १० मङ्सिर ९ लाख २२ पुस १३.५० लाख ६ माघ ३३ लाख २८ माघ ७ लाख स्रोतः अर्थ मन्त्रालय, कौषी तोषाखाना गृह र रक्षाले भैपरीबाट गरेको खर्च २९ साउन ०६० ३ करोड गृह १ असोज ७५ लाख गृह २१ कात्तिक ३५ लाख गृह २६ कात्तिक १७.१० करोड रक्षा २७ कात्तिक २० लाख गृह १५ मङ्सिर २.१० करोड रक्षा २६ मङ्सिर २ करोड गृह १ पुस ५५ लाख गृह ३ पुस ५४ लाख गृह ४ पुस १.७२ करोड रक्षा ९ पुस ३ करोड रक्षा १० पुस ९ करोड रक्षा १० पुस ३ करोड गृह २० पुस ३ करोड रक्षा २४ पुस २३ लाख गृह २८ पुस ४.१३ करोड गृह २० फागुन २३ लाख गृह २६ फागुन ३ करोड गृह ३ चैत १.५० करोड रक्षा १९ चैत १.६६ करोड गृह १९ चैत २.१० करोड गृह २७ चैत १५ लाख गृह २७ चैत २५ लाख गृह ९ वैशाख ०६१ १.८० करोड रक्षा १७ वैशाख १.४३ करोड रक्षा ७ जेठ १.५० करोड गृह स्रोतः कोष तथा लेखा नियन्त्रक कार्यालय पूर्व अर्थसचिव डा. विमल कोइरालाको अनुभवमा, विकास निर्माणका लािग छुट्याइएको पैसा रकमान्तर गरेर अन्य शीर्षकमा खर्च गर्नु सामान्य मानिन्छर कहाँ कति खर्च भयो भन्ने थाहा पनि हुन्छ, तर भैपरी र अर्थविविधमा सारिएको रकम कहाँ कति खर्च भयो भनेर छुट्याउन गाह्रो हुन्छ। हुनपनि १–४ फागुन २०६२ का चार दिनमा मात्रै 'एकीकृत विकास' शीर्षकबाट रु.७ करोड ९६ लाख रकमान्तर गरी भैपरीमा हालेको देखिन्छ। सरकारी खर्च प्रणालीमा आइपर्ने सबै काम गर्न बजेटमा छुट्टाछुट्टै शीर्षकहरू हुन्छन् (हे. बक्स)। बजेट निर्माण हुनुभन्दा चार महिना अघिदेखि नै हरेक सरकारी कार्यालयले वर्षभरि आफ्ना लागि तलब खुवाउनेदेखि पत्रपत्रिका किन्ने, भवननिर्माणदेखि उत्पादन खरीद गर्नेसम्म कुन–कुन शीर्षकमा कति खर्च चाहिन्छ भनेर रकम माग गरेका हुन्छन्। हरेक काम गर्न छुट्टाछुट्टै शीर्षकमा रकम व्यवस्था हुँदाहुँदै पनि किन यति विघ्न रकम रकमान्तर गरेर 'भैपरी'मा लैजानु पर्‍यो भन्ने स्वाभाविक प्रश्न उठ्छ। करीब चार वर्षमा रु.५० अर्ब खर्च गर्न किन यो शीर्षकको प्रयोग भइरहेको छ? २०६० साउनदेखि २०६२ फागुन पहिलो सातासम्म कहिले कति रकम भैपरीमा लगेर खर्च गरियो भन्ने विवरण यस्तो छ (हे.बक्स)। दरबारलाई 'भैपरी' भैपरी शीर्षकबाट सबैभन्दा बढी रकम राजदरबारमा गएको देखिन्छ। २०६० साल साउनमा अर्थ मन्त्रालयबाट एकै पटकमा रु.२ करोड राजदरबार गएको छ। यो रकम यति छिटो झ्िकिएको थियो कि १ साउनमा बजेट घोषणा भयो, ४ साउनमा रकमान्तर गरियो र ७ साउनमा दरबार पुग्यो। यति ठूलो रकम यति छिटो निकासा हुनुलाई अर्थ मन्त्रालयका कर्मचारी नै चानचुने कुरो होइन भन्छन्। त्यसपछि २२ पुस २०६० मा मन्त्रालयको पत्र सङ्ख्या ७२० बाट बाढी, पहिरो, आगलागी जस्ता दैवीप्रकोपका विभिन्न शीर्षकबाट रकमान्तर गरेर एकमुष्ट रूपमा रु.१३ करोड ५० लाख ५५ हजार दरबार पठाइयो। अन्यत्रबाट यो रकम ल्याएर मन्त्रालयको भाषामा '६.०२' अर्थात् 'सवारी साधन' शीर्षकमा हालिएको थियो। यो शीर्षकको रकमले देशभरिका सरकारी कार्यालयमा सवारी साधनको आपूर्ति गर्नुपर्थ्यो। तर त्यो कुल रकमबाट राजदरबारका लागि दुई वटा बुलेट प्रुफ 'जागुवार' कार खरीद गरियो। यसैगरी अधिराजकुमारी प्रेरणाको विवाह गर्न रु.१ करोड १३ लाख, नवयुवराजको अन्नप्राशनको लागि रु.७ लाख र राजदरबारको पर्खाल बनाउन रु.९ लाख ८३ हजार रकमान्तर गरेर दरबार पठाइएको छ। २०६० सालको ६ महिनाभित्र मात्रै दैवीविपत्ति शीर्षकको रु.२२ करोड दरबार गयो। तर जुन बेला यो रकम दरवार गयो, त्यतिखेर रु.५ करोड भए पुग्ने सहुलियत दरको ऋणका लागि राजधानीमा हारगुहार गरिरहेका तेह्रथुमका अग्निपीडितहरूलाई 'रकम छैन' भनेर रित्तोहात पठाइएको थियो। आर्थिक वर्ष २०६२/०६३ मा पनि दरबारका नाउँमा गएको रकमको अङ्क सानो छैन। २८ कात्तिकमा कर्मचारीको तलब शीर्षक १.०१ बाट रकमान्तर गरेर 'विशिष्ट व्यक्तिको भ्रमण खर्च'को नाममा एकमुष्ट रु.११ करोड झ्िकियो। हुँदाहुँदा श्री ५ महाराजाधिराजको शुभराज्याभिषेकका लागि हात्ती सजाउन भनेर समेत २०६१ मङ्सिरमा भैपरीबाट रु.६१ लाख झ्िकिएको छ। २०३१ सालपछि नेपालमा कुनै 'राज्याभिषेक' भएको छैन र रकम निकासा भएको एक वर्ष बितिसक्दा पनि त्यस्तो राज्याभिषेकका लागि भनेर यति महङ्गो मूल्यमा सजाइएको हात्ती नेपाल भित्रिएको सार्वजनिक जानकारीमा आएको छैन। १९ माघ २०६१ ... Due to the space limitation on sajha i cannot post all plz visit the source Source: - http://www.nepalihimal.com/2062/falgun-16-29/aabaran.html
Read Full Discussion Thread for this article