Posted by: Echoes March 3, 2006
Want to buy Cell Phone
Login in to Rate this Post:     0       ?        
सुनियोजित खड्यन्त्र लाई रुल आउट गर्न त सक्दिन तर पैलो चाँही कलेजमा ईण्डियन स्टुडेन्ट एसोसिएसन ले मुन्ना भाई भन्ने मुभि स्क्रीनिङ गर्‍या बेलामा पिसाप फेर्न गाको, आउँदा त ब्याक्प्याक् त छ, तर तेस्को माथि राखेको सेलफोन चाँही छैन । त्यसपछी त्यो मुभिभरी अरु हाँस्दा तेसै हासेको, मनमा त खालि सेलफोन को चिन्ता । सन्जय दत्तसँग त क्या रिस उठ्या भने । दोस्रो पल्ट चाँहि समरमा नेपाल जाँदा एसिया भरी ट्रान्जिट भए पनि सस्तो टिकट भनेर क्याथी प्यासिफिक लिएको, पहिलो ट्रान्जिट लस एन्जलसमा नै फोन हरायो । टिकटमा पाएको छुट भन्दा ठुलो क्षति । तर त्यो जुत्ता खोलाएर सिक्युरिटी चेक गर्नेहरु माथि शंका छ । जेहोस् अब चाँहि बुढो पनि भैयो, तिमीहरु केटाहरुलाई त जस्तो फोन पनि सुहाउँछ, अब आँफू त सादा, एसो ससुराले पनि ए गमदारी खालको ज्वाँई पाईएछ भन्ने खालको फोन लिएको । कहिले काँही घन्टि नै बज्दैन र पो त । ल ल केटाहरु भर्खर क ख सिक्दैछन् ।
Read Full Discussion Thread for this article