Posted by: gwajyo March 3, 2006
Royal Loots
Login in to Rate this Post:     0       ?        
मामाको धन फुपूको श्राद्ध! महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०६१ ले सरकारी ढुकुटीबाट कसरी पैसा खर्च गरिन्छ भन्ने चित्र प्रस्तुत गर्दछ। राजधानीमा हुने आन्दोलन विरुद्ध परिचालन गरिएका प्रहरीलाई रु.७५ लाख दिइयो। गृह मन्त्रालयले २५ जेठ ०६१ मा महालेखालाई लेखेको पत्रमा शहरमा शान्तिसुरक्षा र अमनचैन कायम गराउने सन्दर्भमा सुरक्षाकर्मीका लागि त्यो रकम खर्च भएको उल्लेख छ, जसमा खाजाबापत रु.३९ लाख ८१ हजार, इन्धनबापत रु.१६ लाख ३६ हजार, थुनुवालाई खाना रु.६ लाख ३० हजार, गाडी भाडा रु.५ लाख ५० हजार र अस्थायी सूत्र परिचालन रु.७ लाख ३ हजार उल्लेख छ। कसैले आन्दोलन गरिदियो भने पनि गृह प्रशासनलाई फाइदै पुग्दोरहेछ भन्ने यसबाट देखिन्छ। किनकि महालेखाले 'अस्थायी सूत्र परिचालन गरे बापतको रु.५ हजारदेखि ३० हजारसम्मको रकमबाट उच्च प्रहरी अधिकृतहरू आफैँले रु.१ लाख ८० हजारसम्म लिएको पाइयो' भनेको छ। आन्दोलनकारी थुनुवालाई क्याटरिङको खाना खुवाइने गरिएको गृहको दाबी छ। तर, अहिलेसम्म पक्राउ पर्नेमध्ये धेरै जसो आफ्नै र कतिले प्रहरीकै मेसको खाना खाने गरेका छन्। दुई वटा ठाडो बिलबाट माग गरिएको रु.२ लाख ६० हजारको यस्तो रकमलाई महालेखाले पनि 'शङ्कास्पद' भनेको छ।
Read Full Discussion Thread for this article