Posted by: surendras March 3, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
गुरुहरु नेपे, शिरीष अनि बिर्खे माइला ज्यू मेरो पनि एउटा प्रयास है। बहर त मिलाउन बाँकि नै छ, अन्य पनि मिलाउनु पर्ने भए कृपा गरि औल्याइदिउँ ल। चोटको के कुरा, घाँटिमा अड्केको जहर बाँकि छ शास रहदै ऊनिलाई भट्ने रहर बाँकि छ ।।१ होस्टेमा हैंसे गरौं ल साथीहरु, जोड लगाऔ गणतन्त्रको झण्डा फहराउन एक प्रहर बाँकि छ ।।२ भत्क्यो रे दरबार पनि पुरातात्विक त्यो संरचना म जन्मेको गाउँको न ठेगान न ठहर बाँकि छ ।।३ सात दल मिल वा बाह्र बुँदे सहमति हर निरंकुशता हुत्याउने सुनामि लहर बाँकि छ।।४ ढाडमा टेकि टाउकोमा हान्ने रे अब, किनकि भत्काउनलाइ अलिकति शहर बाँकि छ ।।५ भाग्ने भए भागे हुन्छ, नभए भगाउने छन् मात्र एउटै उपाय निर्वासनको डहर* बाँकि छ ।।६ (डहर‍=गाउँ-घर तिर गाई-बस्तुलाई निकास दिन बार लगाएर बनाईने साँघुरो बाटो) १९ फाल्गुन,२०६२ सिड्नी
Read Full Discussion Thread for this article