Posted by: D. B. Gurung March 2, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
विर्खे माइला गुरु , कविता अति राम्रो छ र साहित्यको खुराक पस्काइ रहनु भएको छ । अनि यो कविता टास्दै छु । शान्ति मन्त्र ॐ श्री गणेशय नम: श्री कृष्ण हरी हरी, अब सुख शान्ति छाओस नेपाल भरी सत्तामा रहदा नेताहरुले गरेर खुब् गल्ती, एक दशक सम्मा देश र जनतालाइ पोल्यो भल भल्ती प्रचन्ड,गिरिजा,देउबा,माधव र राजा, सबै मिली बजाउ अब शिघ्र शान्ति को बाजा कात्रो किन्ने पसल को भीड श्रीङ्गार को पसल मा जाओस , नेपाली नारीहरुले सधैं चुरा र सिन्दुर लाउन पाओस बाँच्न पाओस सबैले अकाल मा कोही नमरोस , श्रीमति बिधवा, बच्चाहरु टुहुरा, र आमाको कोख रित्तो कसैको नगरोस लोकतन्त्र, गणतन्त्र, कुन्नी के के तन्त्र , ढेडो खाएर गुन्द्री माथि निर्धक्क सुत्न पाओस त्यही प्रजातन्त्र हे प्रभु, अब नेपालमा दिर्घा शान्ति छाओस , सबै नेपाली आफ्नै मतृभुमिमा निर्धक्क बाँच्न पाओस ॐ शान्ति शान्ति शान्ति । ।
Read Full Discussion Thread for this article