Posted by: Birkhe_Maila March 1, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
पैतालाभरि नेपालकै धूलो बोकेको छु नक्शाको देश छाडे हुँला एकैछिनलाई तर हरबखत मुटुमा देश बोकेको छु। हामि जस्ता बिदेशिएकाहरुको यथार्थ!!!! गौतमजी, जन्मभूमीको याद संगै नयाँ देश शुरु गर्नुभएकोमा बधाई अनि शुभकामना छ! यो नयाँ धागोमा टाँस्न अहिले म संग कविता छैन तर एउटा गित टाँस्दै छु। गित- बिर्सेर यो सारा जगत् दौडि मेरो घरमा आऊ लत्याएर सारा चलन हाँस्दै मेरो जीवनमा आऊ नाघेर संस्कारका लक्ष्मण ति रेखाहरु पखालेर जातका सबै काला ति छापहरु तर्साएर बैरि समाज झुम्दै यो जीवनमा आऊ पन्छाएर हजूरबाका ‘खबरदार’ ति नजरहरु भत्काएर पूरोहितका पापका कथित् डगरहरु उदाएर नयाँ तारा चम्किँदै यो जीवनमा आऊ बिर्सेर यो सारा जगत् दौडि मेरो घरमा आऊ लत्याएर सारा चलन हाँस्दै मेरो जीवनमा आऊ
Read Full Discussion Thread for this article