Posted by: spiderman February 26, 2006
अम्रिका को झट्का
Login in to Rate this Post:     0       ?        
ल सुन्नुस् के कारणले लाग्या हो झट्का। कुनै पनि दुइवटा धेरै charged body लाइँ एक् अर्कोको नजिक् ल्याउदा वा छुँदा spark पैदा हुन्छ, एसै spark को कारणले गर्दा तपाइँलाइँ झट्का लाग्या हुन सक्छ। जस्तै तपाइँको car को battery (अथवा दुइँवटा electric wire) को दुइँवटा terminal लाइँ कुनै तामाको तार् ले छुँदा spark निस्कन्छ। अब् कुरो आयो तपाइँसँग काहाँबाट आयो येत्रो charge? कुनैपनि charge उत्पन्न हुनकोलागि घस्रन्(friction)हुनु पर्दछ। तपाइँले loundry मा कपडा सुकाउँदा, करिब् १ घन्टा dryer मा राख्न्नुहुन्छ नि, येसैबेला प्रसस्त मात्रामा friction को कारणले गर्दा कपडाहरु charge युक्त हुन्छन्। अनि अर्को कुरो तपाइँ बसेको कोठाको बायुमन्डल् मा humidity कम् छ भने discharge rate पनि कम् हुन्छ। अनि यहि charge युक्त कपडा लगाएर जब तपाइँ ढोकाको handle अथवा अरु कुनै धातुको सामान् छुन खोज्नु हुन्छ, तपाइँको औलाको टुप्पोमा एक्दमै धेरै charge हुन्छ जस्ले अर्को धातुमा बिपरित् charge, induction को माध्यम् बाट पैदा गर्दछ अनि तपाइँलाइँ नराम्ररि झटका लाग्दछ। यसबाट बाँच्नको लागि नुहाइसके पछि lotion/cream हरु लगाउँनुस्, कोठाको humidity बढाउँनुस् अलि कम् हुनेछ। ल मैले जान्या येत्ति हो।
Read Full Discussion Thread for this article